संखुवासभा। किमाथाङ्का र आसपासका गाउँमा खाद्यान्न अभाव देखिएको छ। खाद्यान्न अभाव भएपछि भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सेनाको हेलिकोप्टरबाट केही दिनका लागि खाद्यान्न लगेको छ।

तत्काललाई खाद्यान्न समस्या नहोस् भनेर हेलिकोप्टरबाट किमाथाङ्कामा सामग्री लगिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।

“अपर्झट किमाथाङ्का नाका चीनले बन्द गरेका कारण खाद्यान्न समस्या देखिएको हो”, दुलालले भने, “चीनले खबर गरेर नाका बन्द गरेको भए स्थानीयवासीले प्रशस्तै खाद्यान्न उताबाट ल्याएर भण्डारण गरेर राख्न सक्थे, किमाथङ्कावासीले एक दिनको पनि मौका पाएनन्।”

किमाथाङ्काका निमा भोटेका अनुसार नाका बन्द भएपछि समस्या भएको छ। “हामी चागाँबजारको भरमा छाैं”, निमाले भने, “त्यहाँबाट खाद्यान्न आएन भने हाहाकार मच्चिन्छ, सदरमुकामबाट खाद्यान्न ल्याउन सक्ने सम्भावना छैन।”

सदरमुकाम खाँदबारीबाट सेनाको हेलिकोप्टरबाट ल्याएको खाद्यान्नले १० देखि १५ दिनसम्म मात्रै धान्ने पनि उनले बताए।

किमाथाङ्कामा ४३०, छिमेकी गाउँ छुमसुरमा ८४, रिदाकमा ४४१ र  थुदामका ४२ जना बसोबास गरिरहेका छन्। उनीहरूमध्ये किमाथाङ्काका लागि मात्रै खाद्यान्न लगिएको हो। बाँकी गाउँमा पैदलमार्गबाट खाद्यान्न पठाइने निमाले बताए। चीनले किमाथाङ्का नाका कहिले खोल्छ पत्तो छैन।

“अपर्झट किमाथाङ्का नाका चीनले बन्द गरेका कारण खाद्यान्न समस्या देखिएको हो”

हेलिकप्टरबाट साढे चार हजार किलाे खाद्यान्न

संखुवासभाको भोटखोला गाउँपालिकाले किमाथाङ्काका लागि सात हजार किलो खाद्यान्न सदरमुकाममा तयारी अवस्थामा राखेको थियो तर, सेनाको हेलिकप्टरले दुई पटकमा चार हजार ५०० किलो मात्रै लग्यो।

बाँकी दुई हजार ५०० किलाे सदरमुकाममै राखिएको छ। हेलिकप्टरले नलगेपछि गाउँपालिकाले बोकाएर किमाथाङ्कासम्म खाद्यान्न लैजाने तयारी गरेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए। “बाँकी रहेको सामग्री खच्चडलाई बोकाएर लैजाने तयारी गर्दैछौं, किनकी त्यति सामग्रीले स्थानीयवासीलाई मुस्किलले १० देखि १५ दिनसम्म मात्रै पुग्छ”, उनले भने।

अध्यक्ष भोटेका अनुसार किमाथाङ्कामा खाद्य सामग्री बोकाएर लैजान त्यति सजिलो छैन। “हिँडाएरै लैजानुपर्छ, सडक यातायात छैन, समस्या छ। एक किलो सामान किमाथाङ्कासम्म ढुवानी गरेको १०० भन्दा बढी लाग्छ”, उनले भने। उनका अनुसार ढुवानी अनुदान पाएदेखि स्थानीयवासीलाई सहज हुने थियो।

हेलिकप्टरमा चार हजार २५० किलोग्राम चामल, १८२ लिटर तेल र २०० किलो नुन लगिएको छ।

कोरोना भाइरसको महामारी तिब्बतको चाँगा र डेनदाङमा नदेखिए पनि चीनले सुरक्षा सतर्कता अपनाएको छ। त्यसैले किमाथाङ्कामा खाद्यान्न अभाव भएको हो। किमाथाङ्का तिब्बती बजार चाँगाको भरमा छ।

संकट टार्न मात्रै हेलिकप्टरबाट खाद्यान्न

संकट टार्न मात्रै किमाथाङ्कामा हेलिकोप्टरबाट खाद्यान्न पठाइएको प्रमुख जिल्ला अधिकारी दुलालले बताएका छन्। नाका बन्द भएको २१ दिनसम्म स्थानीयवासीले पहिले ल्याएको खाद्य सामग्री प्रयोग गरिरहेको उनकाे भनाइ छ। “केही दिनलाई यो खाद्यान्नले धान्छ, त्यसपछि अर्को विकल्प अपनाउने छौं”, उनले भने।

खाद्यान्न अभाव भएको किमाथाङ्कामा हेलिकप्टरमा चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री लगिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले बताए। उनका अनुसार  हेलिकप्टरमा चार हजार २५० किलोग्राम चामल, १८२ लिटर तेल र २०० किलो नुन लगिएको छ।

यी सामग्री भोटखोला-१ को किमाथाङ्काका ८६ घरपरिवार, भर्खरै स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई वितरण गरिएको छ। भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलुबाहेकका खाद्यान्न उत्पादन हुँदैन। उत्पादन भएका कोदो, मकै र आलु पनि सकिएको छ। भोटखोला सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा पर्छ।

किमाथाङ्का नाकाबाट १२ जना नेपाली कामदार फर्काइएको थियो। फर्काइएका सबै संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका भएको अध्यक्ष भोटेले बताए। यसअघि गत १४ माघमा ताप्लेजुङ पापुङका दुईजना फर्काइएका थिए ।

स्वास्थ्य टोली पुगेन

स्वास्थ्य कार्यालय संखुवासभा र स्थानीय प्रशासनले किमाथाङ्कामा स्वास्थ्य टोली अहिलेसम्म नपठाएको स्थानीयवासीले गुनासो गरेका छन्। किमाथाङ्काका निमाले २५ दिन बित्दा पनि सरकारको तर्फबाट चिकित्सकको टोली पठाउने कुरासम्म नउठेकामा आक्रोशित छन्। “कोरोनाको डरले उतापट्टि ठूलो सावधानी अपनाइएको छ, तर हाम्रोतिर केही छैन। किमाथाङ्कावासीलाई मास्क कसरी लगाउने वा मास्क भनेको के हो नै थाहा छैन”, उनेले भने। स्वास्थ्यको क्षेत्रमा उनीहरू निकै पछाडि रहेको निमाले बताए।

“किमाथाङ्का स्वास्थ्य चौकीमा पनि सामान्य ज्वरो र पखलाको औषधि पनि पर्याप्त छैन”, उनले भने, “यस्तो अवस्थामा त्रासमा बसिरहेका छाैं।”

- सुजन बज्राचार्य/रासस

" /> संखुवासभा। किमाथाङ्का र आसपासका गाउँमा खाद्यान्न अभाव देखिएको छ। खाद्यान्न अभाव भएपछि भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सेनाको हेलिकोप्टरबाट केही दिनका लागि खाद्यान्न लगेको छ।

"> किमाथाङ्कामा खाद्यान्‍न अभाव: Dekhapadhi
किमाथाङ्कामा खाद्यान्‍न अभाव

प्रतिक्रिया दिनुहोस्