केशव भट्टराईको परिवारलाई ‘आमा’ निर्मात्री पाण्डेको सहयोग
काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता स्व. केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी हुन्। निर्मात्री पाण्डेले भट्टराईकी पत्नी नीता भट्टराईलाई एक लाख एक हजार रूपैयाँ नगद सहयोग गरेकी हुन्।

भट्टराईको निधनपछि उनको परिवार आर्थिक संटकमा परिरहेको छ। भट्टराईले ऋण निकालेर चलचित्र निर्माण गर्दै आएका थिए। उनको निधनपछि उक्त ऋण तिर्न समस्या भएको हो।

निर्मात्री पाण्डेले आफू पनि एउटी आमा भएकाले आमाको मर्म बुझ्ने बताइन्। एउटा आमाले अर्को आमाको पीडा, दुःखमा साथ दिन सानो भए पनि सहयोग गरेको उनको भनाइ छ।

२९ मंसिरमा हृदयघातका कारण भट्टराईको ५३ वर्षको उमेरमा निधन भएको थियो। चलचित्र ‘दौंतरी’बाट निर्माता बनेका भट्टराईले पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, आफ्नो मान्छे, सो सिम्पल, ब्रास्लेट, यात्रालगायत चलचित्र बनाएका थिए। तीमध्ये ‘आफ्नो मान्छे’ धेरै रुचाइएको थियो।

केही समय अगाडि भट्टराई पत्नी नीताले आफ्नो पतिले चलचित्र निर्माणका लागि लिएको ऋण तिर्न समस्या परेको बताएकी थिइन। चलचित्र निर्माण गर्नकै लागि घर बेचेका भट्टराईले अन्तिम चलचित्र निर्माणका लागि भने ऋण निकालेका थिए। उनको निधनपछि उक्त ऋण तिर्न समस्या भएको नीताको भनाइ छ।

आर्थिक समस्यामा परेको सार्वजनिक भएसँगै विभिन्न क्षेत्रबाट भट्टराई परिवारलाई सहयोग आइरहेको छ। केहीदिन अघि निर्देशक सुदीप भुपाल सिंहले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्