काठमाडाैं। एकजना नगर प्रमुखले टेबुलमाथि चढेर सलामी लिएपछि फेरि एकपटक सामाजिक सञ्जालमा ‘पिर्के सलामी’ चर्चाको विषय बनेको छ। पिर्कामा भए पनि उभिएर सलामी लिएका दृश्य सार्वजनिक भएपछि जनप्रतिनिधिको सलामी मोहलाई ‘पिर्के सलामी’ संज्ञा दिन थालिएको थियो।

बागलुङ, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रकुमार पौडेलले ३ फागुनमा टेबुलमाथि उभिएर सलामी लिएपछि ‘पिर्के सलामी’को चर्चा फेरि चुलिएको हो।

यसरी टेबुलमाथि चढेर सलामी लिने नगर प्रमुख पौडेल भने एक्ला पात्र होइनन्। उनी भन्दा पहिला अरू जनप्रतिनिधिले पनि यसैगरी सलामी लिइसकेका छन्।

जनप्रतिनिधिलाई सलामी लिने मोह किन यति धेरै छ ?

जैमिनी नगरपालिकाका प्रमुख पौडेलले मोहभन्दा पनि कार्यक्रमको नियमअनुसार सलामी लिएको जिकिर गरे।

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सलामी लिएका उनले देखापढीसँग भने, “मैले भूइँमै कपडा राखेर गरौं भनेको हो, तर खेलका अम्पायरले खेलको प्रचलन र अनुशासन यही हो भनेर टेबुलमाथि चढाए।”

“आफू खेलको विज्ञ नभएकाले अम्पायरले जे भने, मैले त्यहीँ मानें”, उनले भने।

टेबुलमाथि चढेर सलामी लिएर जनप्रतिनिधिले समाजमा ‘म अरूभन्दा ठूलो हुँ’ भन्ने सन्देश दिन खोजेका हुन् त ?

उनले ठाडै नकार्दै भने, “म कति सरल छु, त्यो हाम्रो नगरपालिकामा आएर बुझ्नुस्, म त्यस्तो मान्यता राख्‍ने व्यक्ति होइन।”

त्यस्तै, गत ६ असारमा ओखलढुंगाको सुनकोशी गाउँपालिकामा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि थिए, प्रदेश सांसद मोहनकुमार खड्का।

रातो कपडाले बेरेको पिर्कामा चढेर सलामी लिएको तस्वीर सार्वजनिक भएपछि उनको पनि चौतर्फी आलोचना भएको थियो।

प्रदेश सांसद खड्का भन्छन्, “सलामी लिने प्रक्रिया आफैंमा बेठीक हो, कार्यक्रमको प्रमुख अतिथिले अस्वीकार गर्दा पनि आयोजकले नमानेको हो।”

“अबदेखि कुनै पनि कार्यक्रममा सलामी लिँदिन पनि, फर्काउँदिन पनि”, उनले भने।

यसअघि गत असारमै धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले पनि टेबुलमाथि चढेर सलामी लिएका थिए।

‘सलामी लिने र दिने’ प्रवृत्ति भने झनै बढ्न थालेका छन्। यसरी सलामी लिनेमा संघीय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरूसम्म छन्।

राजनीतिज्ञ प्रदीप नेपाल यसलाई गलत प्रवृत्तिको रूपमा लिन्छन्। भन्छन्, “जनप्रतिनिधिको यो गलत प्रवृत्ति हो, यस्तो प्रवृत्ति देखाउनुले जनताभन्दा आफू ‘माथि’ भएको सन्देश जान्छ।”

सलामी संस्कारले नगरपालिका र गाउँपालिका प्रमुख/अध्यक्षहरूप्रति नकारात्मक सन्देश प्रवाह हुने र स्थानीय तह संस्था नै फरक भएको देखिने उनको भनाइ छ।

मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि संघीय सरकारसहित ७६१ वटा सरकार बने। यी सबै सरकारका प्रमुखहरू जनताका मतले निर्वाचित भए। तर, त्यही जनप्रतिनिधिले आज आफूलाई आफ्नै मतदातासामु ‘म समाजमा ठूलो हुँ’ भन्ने सन्देश दिने गरी आफूलाई उभ्याउन थालेको राजनीतिज्ञ नेपालको विश्लेषण छ।

राजनीतिशास्त्री कृष्ण पोखरेल जनप्रतिनिधिले परिवर्तनको मर्म नै नबुझेको टिप्पणी गर्छन्। राजतन्त्रबाट गणतन्त्रमा देश जानु केवल शासक परिवर्तन नभई मान्यताकै परिवर्तन भएको उनको विश्लेषण छ।

पोखरेल भन्छन्, “यो नियमित परिवर्तन होइन, मान्यतामै परिवर्तन हो, राष्ट्रपतिदेखि तल्लो तहसम्म नयाँ संस्कार र मूल्य-मान्यता देखाउनुपर्ने हो।”

हिजो राजतन्त्र थियो, आज गणतन्त्र छ। मुलुक केन्द्रिकृतबाट विकेन्द्रिकृत भएको छ। उनी भन्छन्, “हिजोकै शासकको जुत्तामा खुट्टा हालेर हिँड्ने प्रवृत्ति नितान्त गलत हो।”

सलामी लिने प्रवृत्तिले समाजमा ‘ठूला वा विशेष व्यक्ति’ भएको मनोविज्ञान झल्किने उनी बताउँछन्।

“सलामी लिने संस्कार गलत हो, यसले जनताबाट चुनिएका जनप्रतिनिधिलाई अलग-थलग हुने अवस्था बनाउँछ”, पोखरेलले भने।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी मात्र होइन, विभिन्न मन्त्रीदेखि नगर प्रमुखसम्मले सलामी लिएका थिए।

" /> काठमाडाैं। एकजना नगर प्रमुखले टेबुलमाथि चढेर सलामी लिएपछि फेरि एकपटक सामाजिक सञ्जालमा ‘पिर्के सलामी’ चर्चाको विषय बनेको छ। पिर्कामा भए पनि उभिएर सलामी लिएका दृश्य सार्वजनिक भएपछि जनप्रतिनिधिको सलामी मोहलाई ‘पिर्के सलामी’ संज्ञा दिन थालिएको थियो।

"> गणतान्त्रिक चेतलाई लज्जित पार्ने ‘पिर्के सलामी’: Dekhapadhi
गणतान्त्रिक चेतलाई लज्जित पार्ने ‘पिर्के सलामी’

प्रतिक्रिया दिनुहोस्