पत्रकारलाई पेन्सनको व्यवस्था गर्न माग
पोखरा। मिडिया नेपालले २५ वर्ष पत्रकारिता क्षेत्रमा निरन्तर खटेका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्न माग गरेको छ।

पोखरामा भएको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले सरकारसँग पेन्सनको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो।

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा भएको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक व्यवहारमा तत्काल लागू गरी समयमै उपलब्ध गराउन सञ्चारगृहहरूलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

यस्तै बैठकले केन्द्रीय सदस्यहरूमा रञ्जित प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा)लाई मनोनीत गरेको छ।

त्यस्तै प्रदेश ५ को उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दिपेश राजथारुलाई मनोनीत गरिएको मिडिया नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्