काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ। गत वर्ष झण्डै एक हजार किलाेमिटर सडक निर्माण भएको थियो भने गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न गरेकाे थियाे।
सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ। पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणा बढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए। चालू आर्थिक वर्षमा ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको छ। उनले भने, “हाल झण्डै एक हजारभन्दा बढी पुल निर्माणाधीन भएकाले लक्ष्यमा पुगिन्छ भन्ने लागेको छ।”
पछिल्लो दुई वर्षमा तीन हजार ५७९ किलाेमिटर सडक ग्राभेल भएको सडक विभागको तथ्याङ्कले देखाएको छ। सरकारले नयाँ सडकमा एक लेनको निर्माण नगर्ने दुई वर्ष पहिले निर्णय गरेको थियो।
नयाँ निर्माण भइरहेका सडक दुई लेन वा त्योभन्दा बढी लेनमा निर्माण भइरहेको र पहिले निर्माण भएका सडकको स्तरोन्नतिको काम भइरहेको छ। पूर्व-पश्चिम राजमार्गलाई उच्च गति तथा क्षमताको चार तथा ६ लेनको राजमार्गमा स्तरोन्नति गर्ने काम शुरू भएको छ। धुलिखेल–सिन्धुली–बर्दिवास सडक पनि विस्तारको योजना बनिरहेको आयोजना निर्देशनालयले जनाएको छ।
उपत्यका भित्रने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा-नौबीसे सडक चारदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए।
" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ। गत वर्ष झण्डै एक हजार किलाेमिटर सडक निर्माण भएको थियो भने गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न गरेकाे थियाे।सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ। पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणा बढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए। चालू आर्थिक वर्षमा ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको छ। उनले भने, “हाल झण्डै एक हजारभन्दा बढी पुल निर्माणाधीन भएकाले लक्ष्यमा पुगिन्छ भन्ने लागेको छ।”

">