दलित पत्रकार संघ सुदूरपश्चिमकाे अध्यक्षमा भट्टराई
<p>कैलाली। राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई चयन भएकी छन्।</p>
<p>संघको आज धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनले भट्टराईको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरेको हाे।</p>
<p>समितिको उपाध्यक्षमा गणेश रोका, सचिवमा शेरबहादुर सार्की, सहसचिव रमेश वादी गन्दर्भ र कोषाध्यक्षमा सुनिता विक चयन भएका छन्।</p>
<p>संघको सदस्यमा लालबहादुर चंदारा, सुरेश तोलाङ्गी , विक्रम भुल, सुवास नेपाली, आकान्छा पाल्पाली, विवेक नागरिक र सोधा नेपाली चयन भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
