गण्डकी प्रादेशिक विश्वविद्यालयको कुलपतिमा गणेशमान गुरुङ
काठमाडौं। गण्डकी प्रदेशको प्रादेशिक विद्यालयको कुलपतिमा प्राध्यापक डा.गणेशमान गुरुङ नियुक्त भएका छन्।

प्राध्यापक डा.गुरुङलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ दिलाएका मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले देखापढीलाई जानकारी दिए।

दोस्रो संविधान सभा सदस्य समेत रहेका गुरुङ यसअघि विश्वविद्यालय अुनदान आयोगको अध्यक्ष भइसकेका छन्।

उनले विश्वविद्यालय समस्या समाधान समितिको नेतृत्वमा बसेर पनि काम गरिसकेका छन्।

स्याङजा स्थायी ठेगाना भएका प्राध्यापक डा. गुरुङले यसअघि राष्ट्रिय योजना आयोगको सदस्यको समेत जिम्मेवारी वहन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्