दाङ। प्रदेश ५ सरकारले दुई वर्षको अवधिमा गरेका काम कारबाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव (प्रदेश एक्स्पो) को आयोजना गर्ने भएको छ। प्रदेशले दाङको बेलझुण्डीमा १०-१२ फागुनमा महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउने, प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिने, सुझाव पेटिका राख्ने, प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ। त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयले सो अवधिमा गरेका प्रगति तथा सेवा प्रवाहसम्बन्धी जानकारी गराइनेछ।
सो कार्यक्रममा प्रदेश सभा सचिवालयले प्रदेश सभामा गरिएका कार्यक्रमको प्रस्तुति, नमूना सांसदको अभ्यास तथा प्रदेशसभाको वृत्तचित्र प्रस्तुत गर्ने, विधेयक र स्मारिका वितरण गर्नेलगायतका कार्यक्रम प्रदर्शनीका क्रममा सञ्चालन गरिने मूल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन समितिका संयोजक जीतेन्द्रमान नेपालीले जानकारी दिए।
कार्यक्रममा प्रदेश ५ का १२ वटै जिल्लाबाट जिल्लागतरूपमा सम्बन्धित जिल्लाको पहिचान झल्कने उत्पादन, सार्वजनिक सेवा प्रवाहसम्बन्धी व्यवस्थाको प्रस्तुति तथा प्रदर्शन, प्रदेशभित्रका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारीमूलक सामग्रीको प्रस्तुति गरिनेछ।
त्यस्तै योग, ध्यान शिविर सञ्चालन, विशेषज्ञ डाक्टरद्वारा मुटु र मिर्गाैलासम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परीक्षण, विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी तथा अन्य व्यक्तिले उत्पादन एवं आविष्कार गरेका नवीन प्रविधिको प्रदर्शन, प्रदेशभित्रका मौलिक ज्ञान सीप, लोककला, स्थानीय उत्पादनको खाना तथा परिकारको प्रस्तुति र प्रदर्शन गरिनेछ। प्रदर्शनीमा ३५० व्यापारिक कक्ष राखिनेछ। रासस
" /> दाङ। प्रदेश ५ सरकारले दुई वर्षको अवधिमा गरेका काम कारबाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव (प्रदेश एक्स्पो) को आयोजना गर्ने भएको छ। प्रदेशले दाङको बेलझुण्डीमा १०-१२ फागुनमा महोत्सवको आयोजना गर्न लागेको हो ।महोत्सवमा मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउने, प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिने, सुझाव पेटिका राख्ने, प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ। त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयले सो अवधिमा गरेका प्रगति तथा सेवा प्रवाहसम्बन्धी जानकारी गराइनेछ।

">