ललिता निवास प्रकरण : ठगी मुद्दा अनुसन्धानमा सिआईबीले आरोपी पक्राउ गर्नसक्ने <p>काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा ठगी आरोपमा विभिन्न व्यक्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दर्ता भएको छ।&nbsp;</p> <p>गृह मन्त्रालयले दिएको जाहेरी दर्ता गरेर सीआईबीले अनुसन्धान थालेको हो। जाहेरीमा मुछिएका व्यक्तिलाई अनुसन्धानका लागि सीआईबीले पक्राउसमेत गर्नसक्नेछ।</p> <p>उक्त प्रकरणमा १७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये १७२ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको सीआईबीले बताएको छ।&nbsp;</p> <p>&ldquo;यो प्रकरणमा जोडिएका विभिन्न व्यक्तिविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता भएको हो,&rdquo; सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले देखापढीसँग भने, &ldquo;हामी यस विषयमा अनुसन्धानमा लागिसकेका छौं।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्