कालापानी क्षेत्रको अवलोकन गर्दै रक्षामन्त्री पाेखरेल
<p>काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कालापानी क्षेत्र अवलोकनका लागि दार्चुला पुगेका छन्।</p>
<p>नेपाली सेनाको हेलिकप्टरबाट आज पोखरेल दार्चुला पुगेका हुन्। “आज दार्चुलामा रहेको नेपाली सेनाको व्यारेक निरीक्षण गर्नेछौं”, पोखरेलले <em>देखापढी</em>सँग भने, “भोलि (५ फागुन) कालापानी क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम छ।”</p>
<p>रक्षामन्त्री पोखरेलले दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सञ्चालन हुन गइरहेको महोत्सवको पनि उद्घाटन गर्नेछन्।</p>
<p>दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने चर्चा चलिरहेका बेला रक्षामन्त्री पाेखरेल कालापानी क्षेत्रको अवलोकन गर्न पुगेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
