भूपू सैनिकले दिए आमरण अनशनको चेतावनी
काठमाडौं। भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक महीनाभित्र आफ्ना मागहरू पूरा नभए अनशन बस्ने चेतावनी दिएका हुन्।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको भन्दै भूतपूर्व सैनिकहरू लामो समयदेखि संघर्षरत छन्।

भूपू गोर्खा सैनिकहरूले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, वयस्क छोरा–छोरीहरूलाई बेलायतमा निशर्त आवासीय भिसा दिनुपर्ने माग गरेका छन्।

विधवाहरूको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरूको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्ने गरी मागहरू पूरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति संयोजक कृष्णबहादुर राईले बताए।

प्रतिक्रिया दिनुहोस्