पाेखरा। गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्त्वपूर्ण आधार तयार भएको बताएकाे छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको जानकारी दिए। प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उनले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको बताए।

प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राखे।

प्रदेशभित्र सडक पूर्वाधार विकासका काम तीव्ररुपमा अघि बढेको बताउँदै उनले खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पुर्‍याउने गरी काम बढिरहेको बताए। सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिए।

गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारसँग माग गरिएको बताउँदै उनले यसबीचमा पर्यटन पूर्वाधारका विभिन्न काम अघि बढाइएको धारणा राखे।

प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गरे।

उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राखे।

प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिए।

सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उनको जोड छ।

कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित 'गण्डकी प्रदेश सरकारका दुई वर्ष' नामक पुस्तकको मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्तरूपमा लोकार्पण गरे।

कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट कर्मचारीका रूपमा एक लाख रूपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव दलबहादुर अधिकारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईलगायत प्रदेशअन्तर्गतका १८ जना कर्मचारीलाई ५० हजार र २५ हजार रूपैयाँ नगदसहित उत्कृष्ट निजामती कर्मचारीका रूपमा पुरस्कृत गर्ने घोषणा गरिएको थियो। रासस

" /> पाेखरा। गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्त्वपूर्ण आधार तयार भएको बताएकाे छ।

"> दुई वर्षमा समृद्धिकाे महत्त्वपूर्ण आधार तयार भएको छः मुख्यमन्त्री गुरुङ: Dekhapadhi
दुई वर्षमा समृद्धिकाे महत्त्वपूर्ण आधार तयार भएको छः मुख्यमन्त्री गुरुङ

प्रतिक्रिया दिनुहोस्