निजगढ विमानस्थलका लागि रुख काट्ने कि नकाट्ने भन्ने विवादकाे सुनुवाइ अब सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले यो विवाद पूर्ण इजलासमा सुनुवाईका लागि पठाउन आदेश दिएको छ।

आज वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जु हजुर पाँडे क्षेत्री लगायतले दायर गरेका दुई वटा भिन्दाभिन्दै रिटलाई एकै ठाउँमा राखेर सुुनुवाई गर्दै सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो । यसअघि ६ पुसमा सर्वोच्चले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीकै संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेको थियो ।

विमानस्थल निर्माणका लागि रुख काट्न लागेको भन्दै त्यसविरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले २० मंसीरमा रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

आठ हजार हेक्टर क्षेत्रफलमा निर्माण गर्ने भनिएको अर्को अन्तर्राष्ट्रिय विमानस्थलका लागि बाराको निजगढमा जंगल क्षेत्रमा रुख काट्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्