काठमाडौं। मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर खरीद बिक्री गर्ने दुई जना पक्राउ परेका छन्।
काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरू काठमाडौं र धादिङको विभिन्न स्थानबाट बरामद गरिएको हो।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरेर चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न धादिङ थाक्रे गाउँपालिका-१ सिम्लेडाँडाका बिमल तामाङ र सानुकान्छा तामाङलाई पक्राउ गरिएको जानकारी गराएको छ।
प्रहरी उपरीक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताए।
मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए।
" /> काठमाडौं। मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर खरीद बिक्री गर्ने दुई जना पक्राउ परेका छन्।काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरू काठमाडौं र धादिङको विभिन्न स्थानबाट बरामद गरिएको हो।

">