नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ <p>बनेपा। नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ धुलिखेलबाट पक्राउ परेका छन्।</p> <p>जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका-७ सरस्वती बजारबाट उनलाई पक्राउ गरेको हो।</p> <p>सरस्वती बजारमा शंकास्पद गतिविधि गरिरहेको बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए।</p> <p>सिन्धुपाल्&zwj;चोकको मेलम्ची नगरपालिका-९ का तामाङलाई अभद्र व्यवहारअन्तर्गत कारवाही हुने प्रहरिको तयारी छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्