गाँजासहित भारतीय नागरिक पक्राउ
<p>काठमाडौं। भारतीय नम्बरको कारमा ल्याउँदै गरेको ३३ किलो ६०० ग्राम गाँजासहित एक भारतीय नागरिक हेटौंडाबाट पक्राउ परेका छन्।</p>
<p>हेटौंडा उपमहानगरपालिका-१९ स्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा चेकजाँचको क्रममा भारतीय जे. एच ०९ ए ८३६१ नम्बरको कारमा सिटमुनि लुकाएर ल्याईँदै गरिएको गाजा बरामद गरिएको हो।</p>
<p>पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण जिल्लाको वेतिया गौरीकोट- ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ परेकाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही र अनुसन्धान अघि बढाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
