काठमाडौं। सल्यानमा १७ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको छ।
त्रिवेणी गाउँपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया किशोरी कविता बोहराको हत्या भएको हो।
“श्वासनली काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो”, सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले भने, “हत्या कसले र किन गर्यो खुलिसकेको छैन। हामी अनुसन्धान गरिरहेका छौं।”
२ फागुन राति घरभन्दा १५ मिटरको दुरीमा उनको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
राति साढे नौ बजेदेखि एक बजेबीचमा हत्या भएको प्रहरीको अनुमान छ।
किशोरीका अभिभावकका अनुसार राति ९ बजेसम्म उनी आफ्नो कोठामा बसेर पढिरहेकी थिईन्।
घरका सदस्य सुतेपछि उनी घरबाहिर निस्केको र सोही समयमा उनको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।
“घरमै राति कविताकी दिदीको छोरा अचानक बिरामी भएपछि परिवारका सदस्यले कवितालाई कोठामा देखेन छन्”, डीएसपी खतिवडाले भने, “त्यसपछि खोजी गर्दा घरदेखि केही पर मृत भेटिएपछि हामीलाई खबर आएको हो।”
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
" /> काठमाडौं। सल्यानमा १७ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको छ।त्रिवेणी गाउँपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया किशोरी कविता बोहराको हत्या भएको हो।

">