काठमाडौं। विभिन्न देश पुगेर हत्यामा संलग्न चार्ल्स शोभराज र विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ को सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा दोस्ती झाँगिएको छ ।
शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ।
उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ। दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् ।
उनीहरूलाई जेल प्रशासनले विशेष निगरानीमा राखेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ।
उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन्।
शोभराज २०६० सालयता गोलघरमा छन्। एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ।
गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन्।
" /> काठमाडौं। विभिन्न देश पुगेर हत्यामा संलग्न चार्ल्स शोभराज र विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ को सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा दोस्ती झाँगिएको छ ।शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ।

">