वुहानबाट १७५ नेपाली लिएर उड्यो नेपाल एअरलाइन्सको जहाज, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
काठमाडाैं। चीनको हुबेई प्रान्तका विभिन्न ६ वटा शहरबाट १७५ जना नेपाली र एक जना होन्डुरसका नागरिकलाई एअरलिफ्ट गरेर काठमाडौं ल्याइँदै छ। नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट उनीहरूलाई काठमाडौं ल्याइन लागेको हो। चिनियाँ समयअनुसार राति १२:५२ बजे हुबेई प्रान्तको वुहान विमानस्थलबाट जहाज काठमाडौंका लागि उडेको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ।

१८५ जनाले नेपाल फर्कन चाहेको निवेदन दिएको भए पनि तीमध्ये ६ जना स्वास्थ्यका कारण विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्। त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो। तीमध्ये १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक र दुई जना बच्चा रहेको दूतावासले जनाएको छ।

१३४ जना पुरूष र ४१ जना महिलाको त्यसरी उद्धार गरिएको हो। स्रोतकाअनुसार नेपाल सरकारले नोबेल कोरोना भाइरसको केन्द्र वुहानबाट आफ्ना नागरिक उद्धार गर्न लागेको सूचनापछि होन्डुरस सरकारका प्रतिनिधिले अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट अफिसमा आफ्ना एक जना नागरिकको पनि उद्धार गरिदिन आग्रह गरेका थिए। त्यसैअनुरूप होन्डुरसका नागरिकको पनि उद्धार गरिएको बताइएको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार करिब चार बजे बिमान अवतरण गर्नेछ।

हुबेईका विभिभन्न शहरबाट वुहान विमानस्थलमा जम्मा भएका नेपालीलाई शारीरिक परीक्षणपछि मात्रै विमानमा चढाइएको थियो। उनीहरूलाई काठमाडौं उत्रिएपछि सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर १४ दिन राखिनेछ।

प्रतिक्रिया दिनुहोस्