मेसिन बिग्रँदा मिर्गौलाका बिरामीले डायलिसिस गर्न पाएनन्
बाँके। उपकरण बिग्रिएकाले भेरी अस्पतालमा डायलिसिस गर्न आउने मिर्गौलासम्बन्धी बिरामीलाई समस्या भएको छ।
डायलिसिस गर्न अस्पतालमा राखिएको चार वटा मेसिनमध्ये दुई वटा कामै नलाग्ने गरि विग्रिएको छ।
मेसिनको अभावमा राज्यले निशुल्क उपलब्ध गराएको  डायलिसिस सेवा लिन पालो कुरेका बिरामी थप पीडित बनेका छन्।
दैनिक दुई सिफ्ट चलेको डायलिसिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् । अस्पतालका अनुसार अहिले हप्तामा १२ जनाले डायलिसिस गरिरहेका छन् ।
मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरु भेरी अस्पतालमा पालो नपाएर नीजि अस्पतालमा महँगो रकम तिरेर उपचार र डायलिसिस गर्न बाध्य छन् ।
दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालका अन्य उपकरणहरु पनि थन्किएका छन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुपानन्द अधिकारीले डायलिसिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताएका छन्।
मेसिन मर्मत गरेर साथै नयाँ थप गरेर अस्पतालमा २४ सै घण्टा डायलिसिस सेवा शुरू गर्नुपर्ने मिर्गौला पीडितहरुको माग छ ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्