आईजीपी ज्ञवालीले भेटे पूर्वआईजीपी दुर्लभ थापालाई

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले पूर्वआईजीपी दुर्लभकुमार थापालाई उनको निवासमै पुगेर भेटेका छन्।

अग्रजहरूलाई भेटेर सल्लाह लिने परम्पराको पुनः थालनी गरेका ज्ञवालीले त्यसक्रममा आज थापालाई भेटेका हुन्।

प्रहरी प्रधान कार्यालयले आईजीपी ज्ञवालीले पूर्वआईजीपी थापालाई भेटेको तस्वीर सार्वजनिक गरेर यसबारे जानकारी दिएको हो।

ज्ञवालीले पदबहाली गरेकै दिन पूर्वआईजीपी खड्गजित बराललाई भेटेका थिए। सोही दिन उनले पूर्वआईजीपीहरू अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान र रविन्द्रप्रताप शाहलाई पनि भेटेका थिए।

पढ्नुहाेस्ः

पहिलो दिन नै अग्रजलाई भेटेर सल्लाह लिए नवनियुक्त आईजीपीले

प्रतिक्रिया दिनुहोस्