"> सारंगीको धुनमा ट्राफिकको गीत: Dekhapadhi
सारंगीको धुनमा ट्राफिकको गीत
काठमाडौं। २ फागुन। दिउँसोको २ बजे। सिंहदरबार अगाडि। केही प्रहरीसहित तीन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउन शुरू गरे।
वरिपरिका मानिस तुरुन्तै जम्मा भए। ध्यान दिएर गीत सुन्न थाले –
‘मान्नैपर्ने ट्राफिकको नियम
नमानेमा जान्छ है जीवन
लौ हेर बल्यो हरियो बत्ती
अव जाउँ भन्दैछ
पहेंलो बत्ति लौ बल्यो हेर
होसियार भन्दैछ’
ट्राफिक नियमबारे आम जनतालाई सचेत बनाउन ट्राफिक प्रहरीले थालेको यो नयाँ कार्यक्रम हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक नियमबारे जानकारी गराउन २९ माघबाट सारंगी टोली अभियान शुरू गरेको हो।
सारंगी बजाउँदै गन्धर्वहरूको टीमले गाउने गीतमा ‘ट्राफिकका नियम’बारे पूर्ण जानकारी दिइएको छ।
अन्य अभियानभन्दा अझै प्रभावकारी तरिकाले आममानिसलाई ट्राफिक नियमबारे सचेतना जगाउने भन्दै महाशाखाले गीतसंगीतको माध्यम रोजेको हो।
दैनिक ३ देखि ४ वटा चोकमा सारंगी टोली अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
ढकालले भने, “गीतसंगीतको माध्यमबाट ट्राफिक नियमबारे सचेतना फैलाउँदा प्रभावकारी हुन्छ भनेर अभियान शुरू गरेका छौं।”
सवारी चलाउँदा के–के ट्राफिक नियम पालना गर्नुपर्छ भनेर गीतको माध्यमबाट जानकारी दिने भएकाले सबैको ध्यान पनि तान्छ।
गीत र लयको माध्यमले नागरिकको मन छुने भएकाले ट्राफिक नियम उल्लंघनका घटना कम हुनसक्ने एसएसपी ढकालको विश्वास छ।
पहिलो चरणमा महाशाखाले दुई सातासम्म यो अभियान सञ्चालन गर्नेछ। त्यसपछि आवश्यकताअनुसार सारंगी टोली अभियान परिचालन हुने महाशाखाले जनाएको छ।
ट्राफिक नियम उल्लघंन गर्दै बाटो काटेमा ठाउँको ठाउँ २० मिनेट 'क्लास' लिनेदेखि पर्चा पम्पलेट वितरणसम्मका दर्जनौं अभियानहरू महाशाखाले सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्