बेलायती सेनाध्यक्ष साताव्यापी भ्रमणका लागि नेपालमा

काठमाडाैं। बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीले स्वागत गरे।

नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग सेनाध्यक्ष स्मिथले भेट गर्नेछन्।

४ फागुनमा वीर स्मारिकामा माल्यार्पण गर्ने तथा नेपाली सेनाकाे एक टुकडीले उनकाे सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेकाे नेपाली सेनाले जनाएकाे छ।

बेलायती सेनाध्यक्ष स्मिथले पोखरास्थित पश्चिम पृतना,पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा पर्यटकीयस्थलहरूकाे पनि भ्रमण गर्ने कार्यक्रम छ।

साताव्यापी भ्रमण सकेर ९ फागुनमा स्मिथ स्वदेश फर्कने नेपाली सेनाकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्