काठमाडाैं। ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजना गरिएको बृहत् प्रदर्शनी १३ हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन्। १ फागुनदेखि शुरू भएको सो प्रदर्शनी आज समापन भएको हाे।
नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले जङ्गी अड्डा परिसरमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर, ऐतिहासिक एवं नवीनतम् हातहतियार, उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको थियो। प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा विद्यार्थी र सर्वसाधारण पुगेका थिए।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने मुख्य संवैधानिक जिम्मेवारीमा रहेको सेनाले शिवरात्रि एवं सेना दिवसका अवसर पारेर तीन वर्षदेखि यस्तो प्रदर्शनी गर्दै आएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी महेशकुमार थापाले प्रदर्शनीमा सहभागिता जनाउने एकाइका प्रतिनिधिलाई समापनका अवसरमा प्रशंसापत्र प्रदान गरे।
" /> काठमाडाैं। ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजना गरिएको बृहत् प्रदर्शनी १३ हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन्। १ फागुनदेखि शुरू भएको सो प्रदर्शनी आज समापन भएको हाे।नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले जङ्गी अड्डा परिसरमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर, ऐतिहासिक एवं नवीनतम् हातहतियार, उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको थियो। प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा विद्यार्थी र सर्वसाधारण पुगेका थिए।

">