विश्वमै दुर्लभ मानिएको स्तनधारी वन्यजन्तु सालक जमिन प्वाल पारेर त्यसमुनि बस्ने गर्छ। अहिले सालक पाइने क्षेत्रमा प्वालहरू घट्दै जानुले सालकको संख्या घट्दै गएको अनुमान लगाउन सकिने वन्यजन्तुविद्हरू बताउँछन्।
केही वर्षअघि नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो। सो क्रममा सालकको वासस्थान सुरक्षित नभए केही वर्षमै लोप हुनसक्ने खतरा औंल्याएको थियो।
सालक प्वाल बनाएर बस्ने भएकाले किसानले खेतीमा असर पर्ने भन्दै यसको वासस्थान मास्ने गरेका छन्।
तर, किसानका लागि सालक निकै लाभदायक छ। एक वयस्क सालकले वर्षमा सात करोड धमिरा र साना कीराहरू खान्छ। बालीनाली नोक्सान गर्ने कीरा, कमिला सालकले खाइदिने हुनाले किसानका लागि यो हितकारी रहेको विज्ञ पौडेल बताउँछन्। तर, किसानले वास्ता नगर्दा यसको बासस्थान मासिने गरेको छ।
सालक मध्य पहाडी क्षेत्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा पाइने सालकहरू चुरे पहाडको छेउछाउमा भेटिने गरेका छन्।
सालक संरक्षणका लागि नेपालमा कार्ययोजना (सन् २०१८–२०२२) लागू गरिएको छ। कार्ययोजनामा जनाइएअनुसार जंगल अतिक्रमण, कृषि क्षेत्र विस्तार, विभिन्न पूर्वाधार विकास, जलवायु परिवर्तनलगायतका कारणले वासस्थानमा जोखिम निम्त्याएको छ।

बढ्दो चोरी शिकारले लोप हुने अवस्थामा सालक: Dekhapadhi
बढ्दो चोरी शिकारले लोप हुने अवस्थामा सालक

काठमाडौं। २६ माघमा धरानमा ६५० ग्राम सालकको खपटासहित एक व्यक्ति पक्राउ परे। धरान–३, पुरानोबजारबाट प्रहरीले झोलामा गाँजा र सालकको खपटा बोकिरहेका ती व्यक्तिलाई पक्राउ गरेको थियो।

गत वर्ष चितवनमा इच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारबाट जिउँदो सालकसहित दुईजना पक्राउ परे।

गोरखाको छेपेटारबाट बेचबिखनका लागि सालक काठमाडौं लैजाने क्रममा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले पक्राउ गरेको थियो।

सालकको यस्तो चोरी शिकार मासु र खपटाका लागि हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुुसार आर्थिक वर्ष २०७४/०७५ मा सालकको चोरी शिकारसम्बन्धी ११ वटा मुद्दा दर्ता भएको छ।

“सजिलै मार्न सकिने र अन्तर्राष्ट्रिय बजारमा माग धेरै हुनाले यसको तस्करी बढेको हो”, सालकका विषयमा अध्ययन गरिरहेका वन्यजन्तु विज्ञ आलोक पौडेल भन्छन्, “चीनमा परम्परागत औषधि बनाउन सालकको माग अत्याधिक हुने गरेको छ।”

नेपालमा दुई प्रजातिका सालक पाइन्छन्। एउटा तामे (इन्डियन प्यांगोलिन र अर्को काले (चाइनिज प्यांगोलिन)। कालो सालक अलि सानो हुन्छ भने तामे अलि ठूलो हुन्छ।

बढी मात्रामा कालो सालकको तस्करी हुने गरेको पौडेल बताउँछन्। तस्करहरू शिकारीको घरसम्मै लिन आउँछन्।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सालकलाई जोखिमपूर्ण र लोपोन्मुख जीवको सूचीमा राखेको छ। वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) ले यसको व्यापारलाई अपराध मानेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार पनि संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

नेपालमा सालकको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन। अहिलेसम्म ४३ जिल्लामा सालक भेटिएका छन्। “यो जनावर पाइने स्थान र संख्याबारे अध्ययन भइरहेको छ”, वन्यजन्तु विज्ञ पौडेल भन्छन्।

मासिँदैछन् वासस्थान