चलचित्र ‘नीरफूल’को गीत सार्वजनिक

काठमाडौं। भूकम्पका कारण बिछोडिएका परिवारको प्रेमकथामा आधारित ‘नीरफूल’ चलचित्रको गीत सार्वजनिक भएको छ।

अर्जुन पोखरेलले संगीत दिएको ‘तिमी बदनामी’ गीतमा दुर्गा खरेलले आवाज दिएकी छन्।

सञ्चारकर्मी फूलमान वलद्वारा निर्देशित चलचित्रको ३० फागुनमा प्रदर्शन मिति तोकिएको छ। गीतको शब्द निर्देशक फूलमान वलले नै लेखेका हुन्।

गीतमा नायिका रेखा थापालाई फिचर गरिएको छ। भिडिओमा रेखालाई डान्स बारमा गीत गाउने गायिकाको रूपमा प्रस्तुत गरिएको छ।

भिडिओमा अभिनेत्री शान्ति वाइबालाई पनि देख्न सकिन्छ। शान्तिलाई भूकम्पपछि जीवनयापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृश्य भिडिओमा देखाइएको छ ।

भूकम्पका कारण बिछोडिएका परिवारको उक्त प्रेमकथामा आधारित चलचित्र धादिङको रुबि भ्याली र काठमाडौंमा छायाङ्कन गरिएको हो। चलचित्रमा दयाहाङ राई, रेखा थापा र शान्ति वाइबाको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्