"> उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै, पहिलो हाफमा मछिन्द्र १-० ले अगाडि: Dekhapadhi
उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै, पहिलो हाफमा मछिन्द्र १-० ले अगाडि
काठमाडौं। विकास तामाङको आत्मघाती गोलमा मछिन्द्र क्लबले आज शहीद स्मारक 'ए' डिभिजन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीविरुद्ध पहिलाे हाफसम्ममा अग्रता लिएको छ।

दशरथ रंगशालामा मछिन्द्रले ३३औं मिनेटमा अग्रता लिएको हो। रन्जित धिमालले दायाँ कर्नरबाट गरेको क्रसलाई क्लियर गर्ने क्रममा विकासले गरेको हेड आफ्नै पोष्टमा गोल भएको हो।

त्यसअघि सातौं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्रीकिक आर्मी क्लबका गोलकिपर विकेश कुथले बचाएका थिए।

आर्मी क्लबका कप्तान भरत खवासले मछिन्द्रका दिपक राईलाई फाउल गरेपछि फ्रीकिक पाएको थियाे।

१३औं मिनेटमा भरतको कर्नरमा विकास खवासको हेड क्रसबारमाथिबाट बाहिरिएको थियो।

यसअघिका १२ खेलबाट २८ अंक जोडेको मछिन्द्रलाई उपाधिका लागि आजको खेलमा जितको विकल्प छैन। तर, समान खेलबाट २९ अंक जोडेको आर्मीलाई बराबरी नै ऐतिहासिक उपाधिका लागि पर्याप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्