९० दिनको निलम्बनपछि बिमल फर्किए फुटबलमा
<p>काठमाडौं। ९० दिनको निलम्बनपछि बिमल घर्तीमगर खेलमा फर्किएका छन्।</p>
<p>शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आज त्रिभुवन आर्मीविरुद्धको खेलमा मछिन्द्र क्लबबाट बिमल फुटबलमा फर्किएका हुन्।</p>
<p>विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन ठमेलका क्लबमा गएपछि एन्फाले बिमलसहित चारजना राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो।</p>
<p>गत सिजन उनले च्यासलबाट लिग खेलेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
