तापक्रम निरन्तर बढ्दो क्रममा
काठमाडौं। काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दै जाने जानकारी दिए।

“फेब्रुअरीको अन्त्यसम्म बिहान बेलुका चिसो महसुस भए पनि दिउँसोको समयमा गर्मी हुनेछ,” मौसमविद् आर्यालले भने। उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँसोको समयमा गर्मी महसुस गरिएको छ।

अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।

त्यस्तै दिपालयको न्युनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव एक डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस, सिमराको न्युनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्