काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेपालबाट दियालो र टूकी बत्तीको यूग सधैंका लागि अन्त्य भइसकेको बताएका छन्। उनले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै देश यूगमा प्रवेश गरेको दावी गरेका हुन्।
केही वर्षअघिसम्म दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले भारततर्फ विद्युत निर्यातको अवस्था सृजना भएको बताए।
उनले भने, ‘अहिले हामी विद्युत आयातको अवस्थाबाट माथि उठेर निर्यातको अवस्थामा पुगेका छौं।’
विद्युत चुहावटलाई नियन्त्रण गरेको उपलब्धी सुनाउँदै ओलिले नेपालमा उत्पादित विद्युत भारत र बंगलादेश लगायत अन्य मूलुकमा पनि निर्यात गर्ने बाटो खुलिसकेको बताए।
एमसीसी अन्तर्गत अन्तरदेशीय प्रसारण लाइन अघि बढेको प्रधानमन्त्रीले बताएका छन्। अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र नेपालको १४ अर्ब लागतमा बन्ने प्रसारण लाइन आगामी पाँच वर्षमा सम्पन्न भएपछि विद्युत निर्यातमा बलियो पूर्वाधार तयार हुने प्रधानमन्त्रीको भनाईं छ।
त्यसैगरी, लार्चाको सुख्खा बन्दरगाह सञ्चालनमा आएको तथा भूकम्पदेखि बन्द अवस्थामा रहेको तातोपानी नाका सञ्चालनमा आइसकेको प्रगति विवरण प्रधानमन्त्रीले संसदमा पेश गरेका छन्।
पछिल्लो समय आयात घट्दै गएको र निर्यात बढेको समेत उनले बताए।
४० वर्षपछि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनःनिर्माणलाई पनि ओलीले आफ्नो सरकारको उपलब्धीका रूपमा व्याख्या गरेका छन्।