काठमाडौं। गत सिजनमा रेलिगेशनको प्रावधान हुन्थ्यो भने जारी लिगमा मछिन्द्र क्लबको नामो निशान हुने थिएन। तर, त्यही मछिन्द्र क्लब आज लिगको उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
लिगमा फाइनल हुँदैन। तर, मछिन्द्रका लागि आजको खेल फाइनल सरह छ। जितको विकल्प छैन। मछिन्द्रको तुलनामा त्रिभुवन आर्मी भने सहज स्थानमा छ। आर्मी क्लबलाई उपाधि जित्न बराबरी पनि काफी छ। तर, मछिन्द्रका प्रशिक्षक प्रवेश कटवाल आर्मी क्लबको त्यही सुविधाको फाइदा उठाउने बताउँछन्।
“आर्मीले बराबरी गरे पुग्छ। हामीलाई जितको विकल्प छैन”, त्रिभुवन आर्मीविरुद्ध खेल्नु एक दिनअघि मछिन्द्रका प्रशिक्षक कटवालले भने, “उनीहरूसँग बराबरीको विकल्प छ। त्यसको फाइदा लिनेछौं। यसमा हामी विश्वस्त छौं।”
लिगमा अन्तिम एक खेल बाँकी रहँदा त्रिभुवन आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ। मछिन्द्र भने २८ अंकका साथ दोस्रो स्थानमा छ। उसो त मछिन्द्रको पनि २९ अंक नै हो। दुवै टीमले १२ मध्ये एक खेल हारेका छन् भने दुई खेल बराबरी र नौ खेलमा विजयी भएका छन्। तर, गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यसकारण जारी सिजनको शुरूमै मछिन्द्रको एक अंक घटाइएको हो।
“हामीलाई जितको विकल्प छैन। आर्मीले बराबरी गरे पुग्छ। त्यसको फाइदा हामीले लिनेछौं। ” - मछिन्द्रका प्रशिक्षक प्रवेश कटवाल
एन्फा नेतृत्वले चुनावमा क्लबहरूसँग गरेको वाचाका कारण लिग ‘मुटु’ रेलिगेशनको प्रावधान हटाइयो। पुछारमा रहने टीमको नयाँ सिजनमा दुई र पुछारबाट दोस्रो स्थानमा रहने टीमको एक अंक घटाउने व्यवस्था गरियो। त्यसैले गत सिजन मछिन्द्र रेलिगेशन क्षेत्रमा रहेर पनि ‘बी’ डिभिजनमा घटुवा भएन।
रेलिगेशन थिएन, क्लबले पनि लिगमा खर्च गरेन। नाममात्र लिगको सहभागी भयो। एउटा टीम नै सही, यस सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशनको प्रावधान छ।

गत सिजन निरस बनेको मछिन्द्रले यसपटक लिग उपाधि जित्ने लक्ष्य बनायो। जसका कारण मछिन्द्रले यस सिजन खेलाडी अनुबन्धमा खुलेर खर्च गर्यो। खेलाडीको सेवा सुविधामा कुनै कमी हुन दिएन। साविक विजेता मनाङबाट सात तथा थ्री स्टारबाट पाँच खेलाडीलाई अनुबन्ध गर्यो। व्यक्तिगत खेलाडी हेर्दा सबभन्दा बलियो टीम मछिन्द्र हो।
त्यसैले प्रशिक्षक कटवाल पनि अनुभवी खेलाडीको प्रदर्शनमा क्लबलाई पहिलो पटक लिग उपाधि जिताउनेमा ढुक्क छन्।
“हामीले विजेता हुने लक्ष्यका साथ लिग शुरू गरेका थियौं। आज पनि हामी च्याम्पियन बन्न खेल्छौं र त्यसका लागि सबै तयार छौं”, प्रतिद्वन्द्वी कमजोर नभएको भन्दै प्रशिक्षक कटवालले थपे, “आर्मीविरुद्ध गोल गर्न धेरै गाह्रो हुन्छ। थोरै मौका पाउछौं। त्यही मौकालाई सदुपयोग गर्नुपर्छ। हामीसँग व्यक्तिगतरूपमा राम्रा खेलाडी छन्, अनुभवी छन्। त्यसको फाइदा लिनेछौं।”
मछिन्द्रको मिडफिल्डमा महत्त्वपूर्ण खेलाडी हेमन गुरुङ अस्ट्रेलिया पलायन भए। त्यस्तै अग्रपंक्तिका अभिषेक रिजाल लिगको बीचमै माल्दिभ्स हानिए। महत्त्वपूर्ण दुई खेलाडी नहुनुको पीडा त छँदै थियो, मछिन्द्रलाई चोटले पनि सताएको छ। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा उच्च प्रदर्शन गरेका सुजल श्रेष्ठ र रेजिन सुब्बासँगै कप्तान विराज महर्जन र फरवार्ड दीपक राई पनि पूर्ण फिट छैनन्। यद्यपि ९० दिनको प्रतिबन्धपछि पुनरागमनको तयारीमा रहेका विमल घर्तीमगरको आगमनले मछिन्द्र उत्साहित छ।
“हामी इतिहास रच्ने दाउमा छौं। हामीलाई बराबरी पर्याप्त हुन्छ तर हामी आक्रामक फुटबल खेल्छौं र नतिजा निकाल्दै उपाधि उचाल्छौं।” - त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपाने
“विमल शुरूआती ११ मै खेल्छन्। उनी १० दिनदेखि अभ्यास गरिरहेका छन्। उनको मनोबल उच्च छ। त्यसले आर्मीलाई दबाबमा राख्छ”, प्रशिक्षक कटवालले भने, “खेलाडीले क्लब छाड्दा र चोटका कारण टीममा समस्या छ। यसका बाबजुद हामी नतिजा निकाल्छौं।”
लिगमा त्रिभुवन आर्मी र मछिन्द्र ११ पटक आमनेसामने भएका छन्। विगत त्रिभुवन आर्मीको पक्षमा छ। त्रिभुवन आर्मीले ६ खेलमा विजयी भएको छ, एक खेल हारेको छ। चार खेल बराबरी खेलेको छ। त्रिभुवन आर्मीले मछिन्द्रको पोष्टमा १६ गोल गरेको छ भने आठ गोल खाएको छ। २०६१ सालबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थालेको आर्मी पहिलोपटक उपाधिको धेरै नजिक छ। बराबरी पर्याप्त छ।
खेलजीवनमा मछिन्द्रका प्रशिक्षक कटवालकै ब्याचका खेलाडी हुन्, नवीन न्यौपाने। नवीन अहिले त्रिभुवन आर्मीका प्रशिक्षक छन्। प्रशिक्षक न्यौपाने बराबरीका लागि नखेल्ने बताउँछन्।
“हामी इतिहास रच्ने दाउमा छौं। मछिन्द्र धेरै राम्रो टीम छ। व्यक्तिगतरूपमा मछिन्द्रको खेलाडी धेरै राम्रा छन्, अनुभवी छन्,” त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपानेले भने, “हाम्रो बलियो पक्ष भनेको पावर र स्पिड गेम हो। हामीलाई बराबरी पर्याप्त हुन्छ तर हामी आक्रामक फुटबल खेल्छौं र नतिजा निकाल्दै उपाधि उचाल्छौं।”
त्रिभुवन आर्मीका कप्तान भरत खवासले पनि बराबरीबारे आफूले नसोचेको बताए। उनले भने, “बराबरी त मैले सोचेकै छैन। हामी जितेरै उपाधि उचाल्ने हौं। खेलाडी दबाबमा छैनन्। अवसरका रूपको लिएका छौं। इतिहास बनाउने मौका आएको छ। यो अवसरको सदुपयोग गछौं।”
" /> काठमाडौं। गत सिजनमा रेलिगेशनको प्रावधान हुन्थ्यो भने जारी लिगमा मछिन्द्र क्लबको नामो निशान हुने थिएन। तर, त्यही मछिन्द्र क्लब आज लिगको उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ।लिगमा फाइनल हुँदैन। तर, मछिन्द्रका लागि आजको खेल फाइनल सरह छ। जितको विकल्प छैन। मछिन्द्रको तुलनामा त्रिभुवन आर्मी भने सहज स्थानमा छ। आर्मी क्लबलाई उपाधि जित्न बराबरी पनि काफी छ। तर, मछिन्द्रका प्रशिक्षक प्रवेश कटवाल आर्मी क्लबको त्यही सुविधाको फाइदा उठाउने बताउँछन्।

">