म कराउँदिन तिमीहरू खेलभन्दा पनि उनीहरू बोल्दैनन्। अरू क्लबहरूमा पनि यस्तो समस्या छ जस्तो लाग्छ। खेलाडीले सिक्नुपर्छ। हार जित हुन्छ, तर फुटबल चाहिं खेल्नुपर्छ। मैदानमा आएर ड्याङ्ग बल हान्नु मात्र फुटबल खेल्नु होइन।
मैले एउटा सिकाएको हुन्छु। खेल विपरीत हुन्छ। त्यसैले कहिलेकाहीँ दिक्क लागेर छोड्दिउँ जस्तो लाग्छ। मनै रोएर आउँछ।
घमण्ड गरेजस्तो देखिएला तर, म एकदम मिहिनेत गर्छु। फुटबल राम्रो खेल्नुपर्छ भनेर मिहिनेत गर्‍यो तर, खेल त्यसो नहुँदा मलाई एकदम रुन मन लाग्छ।
‘वान अप’ हुँदा कसरी खेल्ने वा ‘वान–वान’ हुँदा कसरी खेल्ने भन्नेसमेत थाहा नपाउने खेलाडीले किन फुटबल खेल्नु ? क्बलहरूलाई किन दुःख दिनु ? क्लबहरूले त्यत्रो खर्च गरेका हुन्छन्। खेलाडीले यस्तो गर्दा भोलि क्लबले हात उठाइदियो भने फुटबल खत्तम हुन्छ।
एनआरटी जस्तो क्लबले खेल्दिनँ भन्यो भने भोलि फुटबल त सक्कियो नि। एनआरटीले भविष्यमा आफ्नै मैदान बनाउने, टीमका लागि यातायातको व्यवस्था गर्नेलगायत धेरै योजना बनाएको छ।
क्लबले त्यो कसको लागि गरिरहेको छ ?
खेलाडीकै लागि हो।
नेपाली फुटबलको लागि हो।
त्यसैले मैले बारम्बार भन्ने गर्छु। ‘ट्रेनिङ’मा गम्भीर होऊ।
खेलमा हारजित त भइरहन्छ। हामीले पनि लिगमा १०-१२ गोल खाएका छौं। तर, अर्जेन्टिनाजस्तो टीमलाई पनि हामीले २-० मा रोकेकै हो। हाम्रो पालामा के थियो र ? केही नहुँदा पनि हामीले रोक्यौं। अहिले हरेक टीममा प्रशिक्षकले मिहिनेत गरेको छ। आफ्नो अनुभव बाँडेका छन्।
प्रशिक्षकले अनेक रणनीति बनाएको हुन्छ। विपक्षी रक्षकलाई कसरी ‘बिट’ गर्ने, उनीहरूविरुद्ध कसरी खेल्ने भनेर प्रशिक्षकले भनेको हुन्छ।
थ्री स्टारविरुद्ध हामीले राम्रो खेल्यौं। उनीहरूका स्टार खेलाडीलाई ‘ब्लक’ गर्‍यौं।
गणेश थापाविरुद्ध खेल्दा म कहिल्यै उनको नजिक जादिँन थिएँ। लामो खुट्टा भएका उनले म नजिक जाँदा कटाइहाल्थे । त्यसैले सधैँ दुई मिटर टाढा बस्थें। उनले मलाई कटाउनै सक्दैनथे। खेलाडीमा त्यत्ति ‘सेन्स’ त हुनुपर्छ नि।
हामीलाई कसैले सिकाएन। आफैं दिमाग लगाएर खेल्थ्यौं। मणि शाहले ‘लेफ्ट फुट’ चलाउँथे। उनको ‘लेफ्ट फुट’ रोकिदएपछि सक्किन्थ्यो। हामीसँग त्यति 'सेन्स' थियो। अहिलेको केटाहरूसँग त्यत्ति 'सेन्स' पनि छैन।
१० मिनेट खेलेपछि विपक्षी टीम कस्तो छ, कसरी खेल्दैछ भनेर थाहा पाउन सक्नुपर्‍यो।
हाम्रो काम तालिमका क्रममा सिकाउने हो, मैदानमा छिरेर खेल्ने त होइन। मैदानमा त खेलाडीले नै खेल्ने हो।
घरमा रातिसम्म बसेर मिहिनेत गर्छौं। यस्तो-उस्तो गर्छु भनेर रातभर योजना बनाउँछौं। तर, खेलाडीले केही पनि गर्न नसक्दा साह्रै दुःख लाग्छ। रुन मन लाग्छ। यो तालले नेपाली फुटबल माथि जान एकदम गाह्रो छ।
फुटबल राम्रो खेल्न खासै केही गर्नुपर्दैन। बल राम्रो नियन्त्रणमा राख्ने, राम्रो पास दिने, प्रशिक्षकले सिकाएको रणनीति ‘फलो’ गर्ने। त्यति नै त हो। विपक्षीलाई ‘बिट’ गर्न फरवार्डहरू ‘मुभ’ हुनुपर्‍यो। हाम्रा फरवार्डहरू विपक्षी रक्षकसँग टाँसिएर ठिङ्ग उभिएका हुन्छन्। कुनै 'मुभमेन्ट' नै हुँदैन।
हामीविरुद्ध खेल्दा फ्रेण्ड्स क्लबका उत्तम राई र ब्राजिलका अर्का खेलाडीले १० यार्ड अगाडि आएर बल ‘रिसिभ’ गरे। उनीहरूले त्यो खेल जिते पनि । हामीविरुद्धको खेलमा बाहेक अरू खेलमा राम्रो गरेनन्।
कुनै खेलाडी वा क्लबले राम्रो मुभ गर्दा मैले नोट गर्छु। संसारमा सबै प्रशिक्षकले गर्ने त्यही हो। कुनै खेलाडीले राम्रो मुभ बनाएर गोल हान्दा प्राविधिक निर्देशकले टिपोट गरेर किताब बनाउँछ। हामीले त्यही पढ्ने हो।
खेलाडी लगनशील हुनुपर्‍यो। अनुशासनमा बस्नु पर्‍यो। अभ्यास र तालिममा मिहिनेत गर्नुपर्‍यो। प्रशिक्षकले भनेको मान्नुपर्‍यो।
तालिम र अभ्यासमा सिकाएको बुझेको छ ? भनि सोध्दा सबै बुझ्यौं भन्छन्। मैदानमा केही गर्न सक्दैनन्। अनी हामी फेल हुँदैनौं त ?
प्रश्न गर्नेलाई मैले के जवाफ दिने? खेलाडीलाई जोगाउने कि ? म आफैं बँच्ने कि ? वा अरू कसलाई जोगाउने ? प्रश्न गर्नेले मेरो तालिम हेर्न आएको हुँदैन। नतिजाको आधारमा प्रश्न गर्छ। मैले के जवाफ दिने ?
मैले आफूलाई भयङ्कर भन्न खोजेको होइन। कुनै पनि प्रशिक्षक भयङ्कर हुँदैन। सबैले सिक्नपर्छ। माउरिन्हो पनि कुनै दिन सफल भयो। अहिले उसलाई पनि गाह्रो छ। कहिले सफल हुन्छ, कहिले असफल हुन्छ।
मैले काम गरेको छु। मैले गफ दिएको होइन। त्यसकारण मलाई चित्त दुख्छ। हामीहरू सिनियर दाइहरूले भनेका भरमा खेल्थ्यौं। सिनियर दाइहरूले भन्नुहुन्थ्यो- राजु तैंले मदनलाई बल दिनू, मदन तैंले बल पाउँदा ‘जिरो एङगल’मा हान्दिनू । हामीले त्यसै गर्थ्यौं। सफल पनि हुन्थ्यौं।
अहिलेका खेलाडीलाई हामीले डेमो देखाएर सिकाएका हुन्छौं। तर, किन केही गर्दैनन् ?
मलाई साह्रै चित्त दुखेर यो भनिरहेको छु। मैले कहिल्यै पनि राम्रो टीम हेरेको छैन। मध्यम टीम लिएको छु। स्टार खेलाडी, राष्ट्रिय खेलाडीले भरिएको, प्रशिक्षक नै नचाहिने टीम हेरेको छैन। एक पटक मनाङलाई हेरेको थिएँ, त्यो पनि अन्तिम अवस्थमा।
मैले मध्यम टीमलाई हेरिरहेको छु। शुरूमा रेलिगेशनमै जाला भन्ने डर थियो। पछि नतिजा यस्तो आयो की विजेता होला जस्तो भयो। तपाईंहरूले पनि ‘मात्तिनुभयो’ भन्नुभयो । तर, टीमको अवस्था त मलाई थाहा थियो।
क्लबसँग अनुरोध गरेको छु- ‘मिल्यो भने मलाई छोडिदिनुस् ।’ मलाई अब पुग्यो।
(एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यसँग कुराकानीमा आधारित। शाक्यले गत सिजन त्यही साल ‘बी’ डिभिजन लिगबाट ‘ए’ मा बढुवा भएको च्यासल युथ क्लब सम्हालेका थिए। शाक्य यस सिजन एनआरटी गएका हुन्। एन्फाले रेलिगेशनको प्रवधान हटाएपछि गत सिजन लिगको पुछारमा रहेको एनआरटीले यसपालि पनि ‘ए’ डिभिजन खेलेको हो। नवौं चरणमा फ्रेण्ड्स क्बलसँग पराजित भएपछि एनआरटी लगातार चार खेलमा पराजित भयो। लिगका १३ मध्ये ६ खेलमा पराजित एनआरटीले चार खेल अन्तिममा हारेको हो। दुई खेल बराबरी खेलेको एनआरटी १५ अंकसहित आठौं स्थानमा छ। १७ अंक जोडेको एनआरटीको गत सिजन पुछारमा रहेका कारण दुई अंक घटाइएको हो।)
"> ‘कहिलेकाहीँ दिक्क लागेर छोड्दिउँ जस्तो लाग्छ, मनै रून्छ’: Dekhapadhi
‘कहिलेकाहीँ दिक्क लागेर छोड्दिउँ जस्तो लाग्छ, मनै रून्छ’
काठमाडौं। यसपटकको लिगमा हामीले सोचेको भन्दा धेरै राम्रो शुरूआत गरेका थियौं। तर, फ्रेण्ड्स क्लबविरुद्धको खेलपछि हाम्रो प्रदर्शन एकदम नराम्रो भयो। लगातार चार खेलमा पराजित भयौं।
खेलाडीले मलाई बुझ्न नसकेको हो की मैले उनीहरूलाई बुझ्नै सकिनँ ? फुटबल खेल्नुपर्छ भन्ने मेरो विचार छ। खेलमा हार जित त भइरहन्छ । मैले तालिममा सिकाएको कुरा शुरूमा अलिअलि लागू भयो त्यसपछि भने पूरै फ्लप भयो।
बीचमा हामीलाई मैदानको पनि समस्या भयो। हामीले ठूलो मैदानमा अभ्यास र तालिम गर्न पाएनौं।
म कराउँदिन तिमीहरू खेलभन्दा पनि उनीहरू बोल्दैनन्। अरू क्लबहरूमा पनि यस्तो समस्या छ जस्तो लाग्छ। खेलाडीले सिक्नुपर्छ। हार जित हुन्छ, तर फुटबल चाहिं खेल्नुपर्छ। मैदानमा आएर ड्याङ्ग बल हान्नु मात्र फुटबल खेल्नु होइन।
मैले एउटा सिकाएको हुन्छु। खेल विपरीत हुन्छ। त्यसैले कहिलेकाहीँ दिक्क लागेर छोड्दिउँ जस्तो लाग्छ। मनै रोएर आउँछ।
‘वान अप’ हुँदा कसरी खेल्ने वा ‘वान–वान’ हुँदा कसरी खेल्ने भन्नेसमेत थाहा नपाउने खेलाडीले किन फुटबल खेल्नु ? क्बलहरूलाई किन दुःख दिनु ? क्लबहरूले त्यत्रो खर्च गरेका हुन्छन्। खेलाडीले यस्तो गर्दा भोलि क्लबले हात उठाइदियो भने फुटबल खत्तम हुन्छ।
एनआरटी जस्तो क्लबले खेल्दिनँ भन्यो भने भोलि फुटबल त सक्कियो नि। एनआरटीले भविष्यमा आफ्नै मैदान बनाउने, टीमका लागि यातायातको व्यवस्था गर्नेलगायत धेरै योजना बनाएको छ।
क्लबले त्यो कसको लागि गरिरहेको छ ?
खेलाडीकै लागि हो।
नेपाली फुटबलको लागि हो।
त्यसैले मैले बारम्बार भन्ने गर्छु। ‘ट्रेनिङ’मा गम्भीर होऊ।
खेलमा हारजित त भइरहन्छ। हामीले पनि लिगमा १०-१२ गोल खाएका छौं। तर, अर्जेन्टिनाजस्तो टीमलाई पनि हामीले २-० मा रोकेकै हो। हाम्रो पालामा के थियो र ? केही नहुँदा पनि हामीले रोक्यौं। अहिले हरेक टीममा प्रशिक्षकले मिहिनेत गरेको छ। आफ्नो अनुभव बाँडेका छन्।
प्रशिक्षकले अनेक रणनीति बनाएको हुन्छ। विपक्षी रक्षकलाई कसरी ‘बिट’ गर्ने, उनीहरूविरुद्ध कसरी खेल्ने भनेर प्रशिक्षकले भनेको हुन्छ।
गणेश थापाविरुद्ध खेल्दा म कहिल्यै उनको नजिक जादिँन थिएँ। लामो खुट्टा भएका उनले म नजिक जाँदा कटाइहाल्थे । त्यसैले सधैँ दुई मिटर टाढा बस्थें। उनले मलाई कटाउनै सक्दैनथे। खेलाडीमा त्यत्ति ‘सेन्स’ त हुनुपर्छ नि।
हामीलाई कसैले सिकाएन। आफैं दिमाग लगाएर खेल्थ्यौं। मणि शाहले ‘लेफ्ट फुट’ चलाउँथे। उनको ‘लेफ्ट फुट’ रोकिदएपछि सक्किन्थ्यो। हामीसँग त्यति 'सेन्स' थियो। अहिलेको केटाहरूसँग त्यत्ति 'सेन्स' पनि छैन।
हाम्रो काम तालिमका क्रममा सिकाउने हो, मैदानमा छिरेर खेल्ने त होइन। मैदानमा त खेलाडीले नै खेल्ने हो।
घरमा रातिसम्म बसेर मिहिनेत गर्छौं। यस्तो-उस्तो गर्छु भनेर रातभर योजना बनाउँछौं। तर, खेलाडीले केही पनि गर्न नसक्दा साह्रै दुःख लाग्छ। रुन मन लाग्छ। यो तालले नेपाली फुटबल माथि जान एकदम गाह्रो छ।
हामीविरुद्ध खेल्दा फ्रेण्ड्स क्लबका उत्तम राई र ब्राजिलका अर्का खेलाडीले १० यार्ड अगाडि आएर बल ‘रिसिभ’ गरे। उनीहरूले त्यो खेल जिते पनि । हामीविरुद्धको खेलमा बाहेक अरू खेलमा राम्रो गरेनन्।
कुनै खेलाडी वा क्लबले राम्रो मुभ गर्दा मैले नोट गर्छु। संसारमा सबै प्रशिक्षकले गर्ने त्यही हो। कुनै खेलाडीले राम्रो मुभ बनाएर गोल हान्दा प्राविधिक निर्देशकले टिपोट गरेर किताब बनाउँछ। हामीले त्यही पढ्ने हो।
तालिम र अभ्यासमा सिकाएको बुझेको छ ? भनि सोध्दा सबै बुझ्यौं भन्छन्। मैदानमा केही गर्न सक्दैनन्। अनी हामी फेल हुँदैनौं त ?
प्रश्न गर्नेलाई मैले के जवाफ दिने? खेलाडीलाई जोगाउने कि ? म आफैं बँच्ने कि ? वा अरू कसलाई जोगाउने ? प्रश्न गर्नेले मेरो तालिम हेर्न आएको हुँदैन। नतिजाको आधारमा प्रश्न गर्छ। मैले के जवाफ दिने ?
मैले आफूलाई भयङ्कर भन्न खोजेको होइन। कुनै पनि प्रशिक्षक भयङ्कर हुँदैन। सबैले सिक्नपर्छ। माउरिन्हो पनि कुनै दिन सफल भयो। अहिले उसलाई पनि गाह्रो छ। कहिले सफल हुन्छ, कहिले असफल हुन्छ।
मैले काम गरेको छु। मैले गफ दिएको होइन। त्यसकारण मलाई चित्त दुख्छ। हामीहरू सिनियर दाइहरूले भनेका भरमा खेल्थ्यौं। सिनियर दाइहरूले भन्नुहुन्थ्यो- राजु तैंले मदनलाई बल दिनू, मदन तैंले बल पाउँदा ‘जिरो एङगल’मा हान्दिनू । हामीले त्यसै गर्थ्यौं। सफल पनि हुन्थ्यौं।
अहिलेका खेलाडीलाई हामीले डेमो देखाएर सिकाएका हुन्छौं। तर, किन केही गर्दैनन् ?
मलाई साह्रै चित्त दुखेर यो भनिरहेको छु। मैले कहिल्यै पनि राम्रो टीम हेरेको छैन। मध्यम टीम लिएको छु। स्टार खेलाडी, राष्ट्रिय खेलाडीले भरिएको, प्रशिक्षक नै नचाहिने टीम हेरेको छैन। एक पटक मनाङलाई हेरेको थिएँ, त्यो पनि अन्तिम अवस्थमा।
मैले मध्यम टीमलाई हेरिरहेको छु। शुरूमा रेलिगेशनमै जाला भन्ने डर थियो। पछि नतिजा यस्तो आयो की विजेता होला जस्तो भयो। तपाईंहरूले पनि ‘मात्तिनुभयो’ भन्नुभयो । तर, टीमको अवस्था त मलाई थाहा थियो।
क्लबसँग अनुरोध गरेको छु- ‘मिल्यो भने मलाई छोडिदिनुस् ।’ मलाई अब पुग्यो।
(एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यसँग कुराकानीमा आधारित। शाक्यले गत सिजन त्यही साल ‘बी’ डिभिजन लिगबाट ‘ए’ मा बढुवा भएको च्यासल युथ क्लब सम्हालेका थिए। शाक्य यस सिजन एनआरटी गएका हुन्। एन्फाले रेलिगेशनको प्रवधान हटाएपछि गत सिजन लिगको पुछारमा रहेको एनआरटीले यसपालि पनि ‘ए’ डिभिजन खेलेको हो। नवौं चरणमा फ्रेण्ड्स क्बलसँग पराजित भएपछि एनआरटी लगातार चार खेलमा पराजित भयो। लिगका १३ मध्ये ६ खेलमा पराजित एनआरटीले चार खेल अन्तिममा हारेको हो। दुई खेल बराबरी खेलेको एनआरटी १५ अंकसहित आठौं स्थानमा छ। १७ अंक जोडेको एनआरटीको गत सिजन पुछारमा रहेका कारण दुई अंक घटाइएको हो।)
प्रतिक्रिया दिनुहोस्