काठमाडौं। चीनको वुहानबाट नेपाली विद्यार्थी लिएर आएपछि पाइलट र परिचारिकालाई सरकारले नगरकोटस्थित खोनपानी संस्थानको तालिम केन्द्रमा राख्न क्वारेन्टाइन बनाएको छ। तर, स्थानीयले भने निरन्तर विरोध गर्दै आएका थिए।
पाइलट र परिचारिकालाई नगरकोटमा राख्दा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका छन्। नगरकोटका पर्यटन व्यवसायी र स्थानीय राजनीति दलले पनि विरोधमा साथ दिएका थिए। केही दिनदेखि निरन्तर विरोध र प्रदर्शन हुन थालेपछि आज भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली नगरकोट पुगेको थियो।
सिडिओ सहितको टोली नगरकोट आउने थाहा पाएपछि नगरकोटका स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। प्रहरीले सडकमा बालेको टायर हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो। “स्थानीयले सडकले बालेको टायर हटाउन खोज्दा तनावको स्थिति भएको थियो”, भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले भने।
प्रहरीले स्थानीयको विरोध हटाएपछि सिडिओ पाण्डे नेतृत्वको टोली नगरकोट पुगेर खोनपानीको तालिम केन्द्रमा राख्न लागिएका व्यक्ति र सरकारले गरेको प्रयासका बारेमा स्थानीयलाई काउन्सिलिङ गरेको थियो।
“स्थानीयहरू ३/४ दिनदेखि निरन्तर विरोधमा हुनुहुन्थ्यो। आज हामी गएर उहाँहरूलाई वास्तविक तथ्य जानकारी गराउँदै काउन्सिलिङ गरेका छौं”, प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, “सरकारले गरेको प्रयासको बारेमा जानकारी दियौं। वास्तविक तथ्य थाहा पाएपछि स्थानीयले चित्त बुझाएका छन्।”
नगरकोटको वडा अध्यक्षले पनि अब स्थानीयवासी विरोधमा नआउने जानकारी आफूलाई गराएको प्रसुख जिल्ला अधिकारी पाण्डेले बताइन्। “हामीले सरकारको तयारी र नगरकोटमा निगरानीमा राख्ने व्यक्तिहरूको बारेमा बुझाएपछि स्थानीयले अब विरोध गर्दैनौ भन्नुभएको छ”, पाण्डेले भनिन्।
कोरोना भाइरसको प्रुमख संक्रमित स्थान चीनको वुहानमा रहेका विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज ३ फागुनमा चीन जाँदै छ। ४ फागुन विहान नेपाली विद्यार्थीहरू काठमाडौं आइपुग्ने छन्।
स्वास्थ्य मन्त्रालयले नेपाली विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा र पाइलट तथा परिचारीकालाई नगरकोटस्थित खानेपानी संस्थानको तालिम केन्द्रमा ‘अब्जर्भेशन’मा राख्ने तयारी गरेको छ।
" /> काठमाडौं। चीनको वुहानबाट नेपाली विद्यार्थी लिएर आएपछि पाइलट र परिचारिकालाई सरकारले नगरकोटस्थित खोनपानी संस्थानको तालिम केन्द्रमा राख्न क्वारेन्टाइन बनाएको छ। तर, स्थानीयले भने निरन्तर विरोध गर्दै आएका थिए।पाइलट र परिचारिकालाई नगरकोटमा राख्दा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका छन्। नगरकोटका पर्यटन व्यवसायी र स्थानीय राजनीति दलले पनि विरोधमा साथ दिएका थिए। केही दिनदेखि निरन्तर विरोध र प्रदर्शन हुन थालेपछि आज भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली नगरकोट पुगेको थियो।

">