चितवनमा हात्तीको आक्रमणबाट एकको मृत्यु <p>चितवन। चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्ती &#39;रोनाल्डो&#39;को आक्रमणबाट एकजनाको मृत्यु भएको&nbsp; छ।</p> <p>मृत्यु हुनेमा रत्ननगर-७, बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।</p> <p>रत्ननगर नगरपालिका&ndash;७, सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको आज घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p>चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जसँगैको संरक्षित जङ्गलमा जान सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै ती वृद्ध उक्त ठाउँमा गएका थिए। &#39;रोनाल्डो&#39; नामको जङ्गली हात्तीले उनलाई आक्रमण गरेको घिमिरेले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्