‘भोजपुरे हुलाकीका सन्तान’ र ‘पानाहरू खाली छन्’काे विमोचन
<p>काठमाडाैं। साहित्यकार शैलेन्द्र साकारको ‘भोजपुरे हुलाकीका सन्तान’ संस्मरणात्मक कृति र युयुत्सु आरडी शर्माको ‘पानाहरू खाली छन्’ काव्यकृति आज लोकार्पण गरिएको छ।</p>
<p>साकारको कृतिमा आफ्नो बाल्यकाल, जिजुहजुरबा काठमाडौंबाट भोजपुर पुगी हुलाकी र गोरखापत्रको समाचारदाता भएका कुरा, साहित्य र अन्य विषय समाविष्ट छन्। साकारको यसअघि ‘सर्पहरू गीत सुन्दैनन्’, ‘नाङ्गो तार’, ‘कवितामा अमेरिका’ काव्यकृति तथा ‘रामायण र अरू कथा’ एवं ‘कोलाज’ शीर्षकका कथासङ्ग्रह प्रकाशन भएका छन्।</p>
<p>कवि तथा अनुवादक शर्माका यसअघि अङ्ग्रेजी भाषामा काव्य र गद्य गरी ९ कृति प्रकाशन भए पनि यो नै नेपाली भाषाको पहिलो कृति हो। नेपालका हिमालय, प्रजातान्त्रिक आन्दोलन, शान्ति र बुद्ध तथा विदेशी भावभूमिका गरी ५१ कविता यसमा समाविष्ट छन्। </p>
<p>ह्वाइट लोटस बुक शप कोपुण्डोलको आयोजनामा भएको कार्यक्रममा गजेन्द्रमणि प्रधानलगायतले ती कृति विमोचन गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
