काठमाडौं। निशान लिम्बुले गरेको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जवलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ। जितसँगै साविक विजेता मनाङले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
खेल सकिन १५ मिनेट बाँकी छँदा निशानले गरेको गोल निर्णायक बन्यो। सुशील लामाले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका निशान लिम्बुले हेडमार्फत् गोल गरेका थिए।
गत सिजन एक मात्र खेल हारेर लिगको उपाधि उचालेको मनाङले यस सिजन भने तेस्रो स्थानमै चित्त बुझाउनुपर्याे। मनाङले १३ खेलबाट २८ अंक जोडेको छ, जुन शीर्ष क्लब त्रिभुवन आर्मीको भन्दा एक अंकले कम हो भने मछिन्द्रसँग अंक बराबरी हो। तथापि मछिन्द्र र त्रिभुवन आर्मीले एक खेल कम खेलेका छन्।
मनाङले एक खेल हारेको थियो भने चारमा बराबरी र आठ खेलमा विजयी नतिजा निकालेको थियो। महत्त्वपूर्ण सात खेलाडीले छाडेर मछिन्द्रमा अनुबन्ध भए पनि मनाङले लिगको शुरूमा राम्रो नतिजा निकालेको थियो।
तर, मछिन्द्रविरुद्धको खेलमा मैदानमै झगडा गरेपछि मनाङका तीन खेलाडी र एक अफिसियल निलम्बनमा परेका थिए। त्यहींबाट मनाङको लय बिग्रियाे।
त्यसअघि च्यासलविरुद्ध २-१ को नतिजा निकालेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको थियो। मनाङले जावलाखेललाई हराइदिएपछि थ्री स्टार पुनः चौथो स्थानमा झरेको हो। थ्री स्टारको २६ अंक छ। थ्री स्टारले १३ खेलमा आठ जित, दुई बराबरी र तीन खेलमा पराजयको नतिजा निकालेको थियो।
मनाङसँग पराजित जावलाखेल १९ अंकका साथ छैटौं स्थानमा छ। १३ मध्ये पाँच खेलमा विजयी नतिजा निकालेको जावलाखेल चार खेल बराबरी र चार खेलमा पराजित भएको थियो।
थ्री स्टारसँग पराजित च्यासल युथ भने १५ अंकका साथ नवौं स्थानमा छ। च्यासल ६ खेलमा पराजित भयो। बालगोपाल साहुखलको प्रशिक्षणमा रहेको च्यासलले चार खेल जित्यो भने दुई खेल बराबरी खेल्यो।
" /> काठमाडौं। निशान लिम्बुले गरेको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जवलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ। जितसँगै साविक विजेता मनाङले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ।खेल सकिन १५ मिनेट बाँकी छँदा निशानले गरेको गोल निर्णायक बन्यो। सुशील लामाले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका निशान लिम्बुले हेडमार्फत् गोल गरेका थिए।

">