काठमाडौं। बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणालाई हाजिरी जमानीमा छाड्न जिल्ला सरकारी वकील कार्यालय सुनसरीले प्रहरीलाई निर्देशन दिएको छ।
राणामाथि लागेको आरोपको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।
सरकारी वकील कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात हाजिरी जमानमा छाड्न प्रहरीलाई निर्देशन दिएको जिल्ला सरकारी वकील कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलकुमार निरौलाले जानकारी दिए।
“अहिले अभियोग लागेका व्यक्तिलाई हाजिरी जमानमा छाड्न आदेश भएकाे छ”, उनले देखापढीसँग भने,“प्रहरीले खोजेको बेला उनी हाजिरी हुनुपर्छ।”
सरकारी वकील कार्यालयले अनुसन्धान प्रतिवेदनमा तत्कालै अभियोग लगाउन मिल्ने आवश्यक प्रमाण नदेखेपछि हाजिरी जमानीमा छाड्न आदेश दिएको प्रहरी स्रोतले जानकारी दिएको छ। यो मुद्दामा एक वर्षको हदम्याद हुने भएकाले प्रमाण जुटेपछि मुद्दा दर्ता गर्ने ठाउँ बाँकी नै छ।
संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणा बलात्कारको आरोप लागेपछि १६ माघमा निलम्बनमा परेका थिए। उनलाई धरानकी एक महिलाले आफूलाई लामो समयदेखि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्याय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन्।
उजुरी परेपछि गृह मन्त्रालयले त्यसबारे छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा राणालाई निलम्बन गरिएको थियो।
पछि जिल्ला अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो। अनुसन्धानमा सहयोग गर्ने भन्दै १९ माघमा राणा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
१९ माघदेखि प्रहरी हिरासतमा रहेका एसएसपी राणा जिल्ला सरकारी वकील कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि हिरासतमुक्त भएका छन्।
" /> काठमाडौं। बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणालाई हाजिरी जमानीमा छाड्न जिल्ला सरकारी वकील कार्यालय सुनसरीले प्रहरीलाई निर्देशन दिएको छ।

">