इस्टर्न रिजनका लागि क्रिकेट टीमको घोषणा, रोहित पौडेल परेनन्
क्यानले आज घोषणा गरेको टीममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका तीव्र गतिका बलर कमलसिंह ऐरी परेनन्। क्यानले यसअघि १७ माघमा १८ सदस्यीय टीमको घोषणा गरेको थियो।
१८ मा परेका कमलसिंहसहित रोहितकुमार पौडेल, लोकेश बम र शेर मल्ल १४ भित्र पर्न सकेनन्।
प्रतियाेगिताका लागि नेपाली टीम ४ फागुनबाट बन्द प्रशिक्षणमा बस्ने क्यानले जनाएकाे छ।
थाइल्याण्डमा २९ फेब्रुअरीबाट हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ६ मार्चसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ।
नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्याण्ड, मलेसिया र म्यानमार छन्। समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन छन्। शीर्ष दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।
फाइनल खेल्ने दुई टोलीले एशिया कप क्वालिफायर खेल्नेछ। एशिया कप क्वालिफायरमा वेस्टर्न रिजनबाट दुई टीम आउनेछन्। चार टीम सहभागी हुने प्रतियोगिताको विजेताले पाकिस्तानले आयोजना गर्ने एसीसी एशिया कप-२०२० मा स्थान बनाउने छ।
नेपाली टीमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी(उप कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की
टीम व्यवस्थापक: माधवकुमार कर्माचार्य
प्रशिक्षक: जगतबहादुर टमटा
भिडियो एनालिष्ट: रमण सिवाकोटी
फिजियो: विक्रम न्यौपाने
प्रतिक्रिया दिनुहोस्