काठमाडौं। शिक्षक सेवा आयोगले बौद्धिक परीक्षणलाई समावेश गरेर शिक्षकका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ।
आयोगले शिक्षक बन्न सामान्य र विषयगत परीक्षा दिनुपर्ने व्यवस्थासहितको नयाँ पाठ्यक्रम लागू गरेको हो।
पाँच खण्डमा रहेको १०० पूर्णाकको पाठ्यक्रममा सामान्य ज्ञान, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, बौद्धिक परीक्षण, सूचना तथा सञ्चार र संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरूलाई समेत समावेश गरिएको छ। यसअघि शिक्षा सम्बन्धी आधारभूत ज्ञान र ऐन नियमबाट मात्र प्रश्न सोध्ने गरिएको थियो।
बदलिँदो समयमा शिक्षकमा ज्ञानको दायरा फराकिलो बनाउन र क्षमतावान जनशक्तिलाई शिक्षण पेशामा भित्र्याउन यस्तो व्यवस्था गरिएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताए।
अब शिक्षक हुनेले कूल २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ। १०० पूर्णांकको सामान्य परीक्षा पास गरेपछि मात्र उम्मेद्वारले विषयगत परीक्षामा सहभागी हुन पाउनेछन्।
अब हुने खुला विज्ञापनमा नयाँ पाठ्यक्रम अनुसार प्रश्न सोधिने अर्यालले बताए। सामान्य परीक्षाको ५० अंक विषयगत परीक्षामा समावेश गरिनेछ।
नयाँ पाठ्यक्रम लागू भएसँगै शिक्षक परीक्षा पनि लोक सेवा आयोगको परीक्षा जसरी दिनुपर्ने छ। शिक्षक सेवा आयोगले सामान्य ज्ञानको विषयलाई समावेश गरेर लोक सेवा आयोगको परीक्षा प्रणालीकै जस्तो नक्कल गरेको देखिन्छ।
आयोगका प्रशासकीय प्रमुख अर्यालले शिक्षकमा पनि समयसापेक्ष ज्ञानको दायरा फराकिलो बनाउन यस्तो व्यवस्था गरिएको बताए।

" /> काठमाडौं। शिक्षक सेवा आयोगले बौद्धिक परीक्षणलाई समावेश गरेर शिक्षकका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ।

">