काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रमा विपत् पर्दा परिचालन गर्न सकिने दक्ष जनशक्ति तयार पार्ने लक्ष्य लिएको बताएका छन्।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित सि.सं. १५ राष्ट्रिय सेवा दल तालिमको दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति सर्मपित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने समेत बताएका छन्।
राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रलाई आवश्यक परेको बेला निस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्यमा तालिममा हासिल गरेका ज्ञानले सहयोग गर्नेमा विश्वस्त रहेको बताए।
देशका विभिन्न निजी तथा सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई सहभागी गराएर राष्ट्रिय सेवा दल तालिम २०२२ बाट सञ्चालन हुँदै आएको छ। हालसम्म ५१ हजार ३३२ जनाले यो तालिम लिइसकेका छन्।
आजको दीक्षान्त कार्यक्रममा १२ वटा विद्यालयका ५०९ जना छात्रछात्राहरू दीक्षित भएका भएका छन्।

राष्ट्रिय सेवा दलले शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थीहरू छनौट गरी १०० दिनको तालिम संचालन गर्दै आएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले क्याडेटहरूलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयलाई प्रशंसापत्र प्रदान गरेका थिए।
कार्यक्रममा सेवादलका सह-संरक्षक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्रालयका सचिव, मित्रराष्ट्रका सैनिक सहचारी, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत, सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
तालिमबाट क्याडेट छात्ररछात्राहरूको मानसिक र वैचारिक परिपक्वता तथा नेतृत्व विकास क्षमतामा अभिवृद्धि भई असल नागरिक निर्माणमा थप टेवा पुग्ने सेनाले विश्वास लिएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रमा विपत् पर्दा परिचालन गर्न सकिने दक्ष जनशक्ति तयार पार्ने लक्ष्य लिएको बताएका छन्।लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित सि.सं. १५ राष्ट्रिय सेवा दल तालिमको दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति सर्मपित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने समेत बताएका छन्।

">