"> वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा गर्न मानव अधिकार आयोगको आग्रह: Dekhapadhi
वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडाैं। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपालीहरूमध्ये कामको सिलसिलामा २९ माघमा ६ जनाले ज्यान गुमाएपछि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी २९ माघमा ढिस्कोले पुरिएर मृत्यु भएको तथा केही व्यक्ति घाइते भएको घटनासम्बन्धमा आयोगको ध्यानाकर्षण भएको बताएका छन्।

उक्त घटनाबारे यथार्थ जानकारी गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको पनि उनले बताएका छन्।

आयोगले नेपाल सरकारलाई वैदेशिक रोजगारीमा गएका कामदारहरूको सुरक्षा तथा उनीहरूको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा घाइते भएकाहरूको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरूको सांस्कृतिक अधिकार समेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन समेत आयोग आग्रह गर्दछ।’

प्रतिक्रिया दिनुहोस्