काठमाडौं। आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस। प्रेम गर्नेहरूका लागि विशेष दिन। युवा युवतीमाझ लोकप्रिय ‘भ्यालेन्टाइन्स् डेमा’ एकापसमा प्रेम साटासाट गरिन्छ। आफूलाई मन परेका व्यक्तिलाई रातो गुलाफ दिएर प्रपोज गर्ने पनि चलन छ।
भ्यालेन्टाइन्स् डे मनाउने पश्चिमा संस्कृति भए पनि यसलाई नेपालमा पनि युवायुवतीले प्रेम गर्ने अवसरका रूपमा लिन्छन्।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीलाई राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरूलाई प्रेमका लागि उत्प्रेरित गरेको र विवाह गराएको अभियोगमा मृत्युदण्ड दिइएपछि उनैको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।
तर, प्रेम गर्नु मात्र ठूलो कुरा होइन। आफ्नो प्रेमलाई कसरी दिगो बनाउने भन्ने पनि चासोको विषय हो। यसैबारे अभिनेत्री शुरक्षा पन्तका टिप्स यस्ता छन्ः
१) धोका पाउनबाट नडराउनु। जीवनमा जे पनि हुन सक्छ। अहिले सर्वस्व सोचेको पार्टनर भोलि तपाईलाई मन नपर्न पनि सक्छ किनभने मान्छेको सोच परिवर्तनशील छ। तपाईको आवश्यकता परिवर्तन भइरहनसक्छ।
२) प्राकृतिकरूपमा र इमान्दार भएर एक अर्कालाई माया गर्ने प्रयास गर्नुहोस्। ‘मैले तेरो लागि यो गरें, तैंले पनि मेरो लागि यो गर्नुपर्छ’ भन्नेजस्तो आशा जतिसक्दो कम गर्नुपर्छ।

३) राम्रो व्यक्ति बन्छु, आफैं कमाउँछु, भविष्यमा राम्रो गर्छु भन्ने सोच दुवैजनाको भयो भने मात्र सम्बन्ध राम्राेसँग टिक्छ। आफूले आफूलाई स्थापित गर्दै लैजानुभएको छ भने कहिले पनि अर्कोप्रति निर्भर हुनुपर्दैन।
४) तपाईं आफू कमजोर हुँदा अर्कोसँग केही पाउने आशा हुन्छ। त्यसैले सबभन्दा पहिला आफू सबल बन्नुहोस्।
५) धोका पाए पनि विगतका कुरा कोट्याउने, पूर्वप्रेमी, प्रेमिकाको कुरा काट्ने काम गर्नु उचित होइन। धोका पाउनु भनेको पनि सिकाइ हो। तपाईले पक्कै पनि त्यो व्यक्तिबाट केही न केही सिकेको हुनुपर्छ। र, त्यो व्यक्तिले तपाईंबाट पनि केही न केही सिकेको हुन्छ। त्यसैले धोका पाए पनि त्यसलाई सिकाइको रूपमा लिनुहोस्।
६) माया प्रेममा हुने उतारचढावलाई एकदमै सहजरूपमा लिनुपर्छ। एउटासँग सम्बन्ध टिकेन भने पनि अर्कोसँग राम्रो गर्ने प्रयास गर्नुहोस्।
७) तपाईंले आफूले चाहेको व्यक्ति यही हो भन्ने सोच्नुभएको छ भने तपाईंको भित्रैबाट त्यो फिलिङ्स आउँछ। सम्बन्ध टिकाउनका लागि सबभन्दा पहिला अर्काको कमीकमजोरी स्वीकार गर्नुपर्छ। उसका कमिकमजोरी स्वीकार गर्दै अगाडि बढ्नुभयो भने तपाईंको सम्बन्ध दिगो हुन्छ।
८) उसका सामान्य आनिबानी तपाईंलाई मन पर्दैन भने त्यो बानी परिवर्तन गर्ने प्रयास नगर्नुहोस्। बरू स्वीकार गर्नुहोस्। हामी त्यो व्यक्तिलाई आफूले सोचेजस्तो बनाउन खोज्छौं, जसले गर्दा तनाव बढ्छ र सम्बन्ध टिक्दैन।
९) दुवैजना जे हो त्यही बनेर हिंड्नुपर्छ। यदि तपाईं एकअर्कालाई एकदमै माया गर्नुहुन्छ भने परिवर्तन आफैं हुन्छ।
" /> काठमाडौं। आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस। प्रेम गर्नेहरूका लागि विशेष दिन। युवा युवतीमाझ लोकप्रिय ‘भ्यालेन्टाइन्स् डेमा’ एकापसमा प्रेम साटासाट गरिन्छ। आफूलाई मन परेका व्यक्तिलाई रातो गुलाफ दिएर प्रपोज गर्ने पनि चलन छ।भ्यालेन्टाइन्स् डे मनाउने पश्चिमा संस्कृति भए पनि यसलाई नेपालमा पनि युवायुवतीले प्रेम गर्ने अवसरका रूपमा लिन्छन्।

">