काठमाडौं। महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ।
पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय संघ-संस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो।
महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक पर्यटक आउने गर्छन्। नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यसपटक महाशिवरात्रिलाई विशेषरुपमा मनाउने तयारी कोषले गरिरहेको छ।
महाशिवरात्रि मनाउन यस वर्ष कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
पशुपति क्षेत्र वरपर महाशिवरात्रिअघि प्रत्येक दिन सफाइ अभियान चलाउन लागिएको कोष सञ्चालक सदस्य आशा पाण्डेले जानकारी दिइन्। भ्रमण वर्षका अवसरमा विदेशमा समेत प्रचारप्रसार भइरहेकाले पनि पशुपति क्षेत्रलाई सफा राख्न मन्त्रालयलेसमेत विशेष निर्देशन दिएको छ।
यसैगरी मुहानदेखिकै नदी सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले पनि पशुपतिभन्दा माथिको वाग्मतीमा विशेष सफाइ अभियान शुरू गरेको छ। महाशिवरात्रिमा वाग्मतीमा सक्दो स्वच्छ पानी बगाउने उद्देश्यले यो अभियान शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
त्यस क्षेत्रका स्थानीय सङ्घसंस्था, गुह्येश्वरीमाथिका विद्यालयको समेत सक्रियतामा यस क्षेत्रको नदी सफाइ गर्न लागिएको हो। मञ्चले प्रत्येक हप्ता शनिबार हुने गुह्येश्वरीमाथिको वाग्मती सफाइमा पनि विद्यालयका विद्यार्थीलाई सहभागी गराउँदै आएको छ।
यस वर्ष ९ फागुनमा महाशिवरात्रि परेको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आरधाना, रुद्राभिषेक गरी मनाउने गर्छन्। रासस
" /> काठमाडौं। महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ।पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय संघ-संस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो।

">