ट्राफिक प्रहरीले सडकमै चालकलाई उठबस गर्न लगाए (भिडिओसहित)

काठमाडौं। सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि चिट काटेर थमाउँछन् र सवारीचालक अनुमतिपत्र लिन्छन्। यसका लागि निश्चित कानूनी प्रक्रिया तोकिएका छन्। नियम बनाएर नियम उल्लंघन गरेमा जरिवाना तिर्ने व्यवस्था पनि गरिएको छ। तर, सवारी चालकलाई ट्राफिक प्रहरीले सडकमै उठबस गर्न लगाएको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आज बिहान ९ बजे तस्मीना आचार्यले आफ्नो ‘टिकटक अकाउण्ट’मा २० सेकेण्ड लामो भिडिओ पोस्ट गरेकी छन्। त्यो भिडिओ उनको टिकटकमा धेरैले रुचाएका र शेयर पनि गरेका छन्।

यो भिडिओ हेरेपछि हामीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रही वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाललाई सोध्यौं– के सवारी चालकले गल्ती गरेमा ट्राफिक प्रहरीले कान समातेर उठबस गराउन पाउँछ ? त्यसो गर्न मिल्ने कुनै नियम कानून छ?”

एसएसपी ढकालले त्यसो गर्न नपाइने र ट्राफिक प्रहरीले नियम कानूनभन्दा बाहिर गएर काम गर्न नपाउने दाबी गरे। “मैले भिडिओ हेरिसकेको छैन, तर काठमाडौं उपत्यकामा यस्तो भएको होला भन्ने मलाई लाग्दैन”, उनले देखापढीसँग भने, “त्यो कहाँको भिडिओ हो भन्ने हेरेपछि मात्र थाहा होला। नयाँ हो वा पुरानो भिडिओ हो भन्ने पनि नहेरी भन्न सकिन्न।”

उनले भिडिओ हेरेपछि यसबारे अनुसन्धान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्