धादिङमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धादिङ। बेनीघाट रोराङ गाउँपालिका-५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रुपक खड्काले जानकारी दिए।

स्कुटरमा पछाडि सवार सनिष थापा घाइते छन्। उनलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना गरिएको छ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर ०६ जीडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ठक्कर दिएर भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्