धनुषा । धनुषामा खोलाको अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप महतोको हत्यामा संलग्न तीनजनालाई अदालतले जेल चलान गरेको छ।
धनुषाको मिथिला नगरपालिका-५, श्रीपुरका २४ वर्षिय दिलिप महतोका हत्यामा संलग्न रहेको अभियोग लागेका क्रसर सञ्चालक विपिन महतो, टिपर चालक मुन्द्रि महतो, लोडर चालक रंजित भन्ने जितेन्द्र महतोलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
गत २५ पुसमा विहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका दीलिपलाई टिपरले किचेर हत्या गरिएको थियो।
पक्राउ परेका अन्य तीनजनालाई भने अदालतले धरौटीमा रिहा गरेको छ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपका छिमेकी रोशन कुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५÷२५ हजार रूपैयाँ धरौटी लिई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
पढ्नुहोस्:
टिपरको ठक्करबाट हत्या गरिएका दिलिपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा
धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए
" /> धनुषा । धनुषामा खोलाको अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप महतोको हत्यामा संलग्न तीनजनालाई अदालतले जेल चलान गरेको छ।

">