आफैंलाई गोली हानेर प्रहरी जवान घाइते
<p>सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।</p>
<p>महोत्तरी घर भई सिन्धुली जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले बिहान आफ्नै पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताए।</p>
<p>घाइते रायलाई सिन्धुली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।</p>
<p>प्रहरी उपरीक्षक सिग्देलल गोली हान्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको बताएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
