"> कुवेतमा बालुवा-ढुंगाको ढिस्कोले पुरिएर छजना नेपालीको मृत्यु (नाम-ठेगानासहित): Dekhapadhi
कुवेतमा बालुवा-ढुंगाको ढिस्कोले पुरिएर छजना नेपालीको मृत्यु (नाम-ठेगानासहित)
काठमाडौं। कुवेतमा बालुवा तथा ढुंगाको ढिस्कोले पुरिएर मृत्यु हुने नेपाली कामदार छजना पुगेका छन्।

ढल निर्माणको क्रममा बालुवा र ढुंगाको ढिस्को खसेर भएको घटनामा दुईजना नेपाली घाइते भएका छन्।

कुवेतको मुत्ला सिटी प्रोजेक्टस्थलमा काम गर्ने क्रममा २९ माघमा सो घटना भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार मृत्यु हुनेहरूमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन्।

बाँकी दुईजना मृतकको सनाखत हुन बाँकी छ।

घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको स्थानीय जाहरा अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते मनोरथ मण्डल भने उपचारपछि कम्पनीमा काममा फर्किएको दूतावासले प्रेस विज्ञप्ति निकालेर जनाएको छ।

प्रतिक्रिया दिनुहोस्