सिके राउतको आरोप- ‘नेकपादेखि राजपासम्म म्याद गुज्रेका पार्टी’
सिरहा। जनमत पार्टीका अध्यक्ष सिके राउतले नेकपादेखि राजपासम्म म्याद गुज्रेका पार्टी रहेको आरोप लगाएका छन्।

नेकपा, नेपाली कांग्रेस, समाजवादी, राजपा लगायतका पार्टीहरू म्याद गुज्रेको औषधीझैं भएको राउतको आरोप छ।

“कांग्रेस ७० वर्ष, एमाले ३० वर्ष, समाजवादी र राजपा १३ वर्ष पूरानो म्याद गुज्रेको पार्टी हो”, सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अब नयाँ मोबाइलको आवश्यकता भएझैं जनमत पार्टीको आवश्यकता देखिएको छ।”

मधेसवादी पार्टी जस्तै आफूले नेतासँग नभएर सरकारसँग सम्झौता गरेको बताउँदै उनले त्यो सम्झौता नै विजयीको शुरूआत भएको दाबी पनि गरे।

“म्याद गुज्रेका औषधी खानु हुँदैन”, राउतले भने, “पुराना पार्टीलाई देशको बागडोर दिएर परिवर्तन हुँदैन। दूरगामी सोंच र योजनासाथ बढेको पार्टीलाई समर्थन गर्नुपर्छ।”

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आतंकवादीको पार्टी भएको टिप्पणी गरे।

उनले विपी कोईरालाले पदको लागि पार्टी बनाएको भन्दै दलाली, चाकरी र कुर्सीको लागि भारतमा बसेर पार्टी बनाएको आरोप लगाए।

खानले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘कंस मामा’को संज्ञा दिए।

यस्तै राष्ट्रिय जनता पार्टीका नेताहरू श्रीमती र आफन्तलाई सांसद, मन्त्री बनाउनमै केन्द्रित रहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्