कर्पोरेट सुपर सिक्स क्रिकेट ३ फागुनदेखि

काठमाडौं। माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको छैटौं संस्करण ३ फागुनदेखि हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता ७ फागुनसम्म चल्नेछ। प्रतियोगितामा २३ कर्पोरेट टीमको सहभागिता रहने आयोजक एसएस इभेन्टले जनाएको छ।

लिगकम नकआउट पद्धतीमा हुने प्रतियोगिताको सहभागी टीमलाई आठ समूहमा विभाजन गरिएको छ। एक समूहमा तीन टीम रहनेछन्। प्रत्येक समूहको शीर्ष दुई टीमले अन्तिम १६ मा स्थान बनाउने छन्।

समूह ‘बी’मा भने दुई टीम नविल बैंक र सुविसुमात्र छन्। समूह ‘ए’ मा भारतीय दूतावास, मेघा बैंक र सिप्रदी छन्। समूह ‘सी’ मा नेपाल लाईफ इन्सुरेन्स, प्राइम बैंक र सिभिल बैंक रहेका छन्।

समूह ‘डी’ मा सनराइज र माछापुच्छ्रे बैंक तथा सूर्य नेपाल रहेका छन्। समूह ‘ई’ मा एनसेल ‘ए’, ग्लोबल आइएमई र गोर्खाज फाइनान्स छन्। समूह ‘एफ’ मा दी काठमाडौं पोष्ट, कामना सेवा विकास बैंक र कुमारी बैंक छन्। समूह ‘जी’ मा सेन्चुरी, एनआईसी एशिया र नेपाल राष्ट्र बैंक छन्। समूह ‘एच’ मा आईसीएफसी फाइनान्स, एनसेल ‘बी’ र नेपाल टेलिकम छन्।

खेल पाँच ओभरको हुनेछ। प्रतियोगिताको विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ।

उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन्। गत वर्ष सेन्चुरी बैंकले उपाधि जित्दा एनआईसी एशिया बैंक उपविजेता बनेको थियो।

प्रतिक्रिया दिनुहोस्